सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हिन्दु राष्ट्रको माग गर्दै नेपालगन्जमा मोटरसाइकल ¥याली


नेपालगन्ज, ‘राजा ल्याऔं देश बचाऔं, राजा नआए प्रजाको विनाश हुन्छ’, भन्ने नाराका साथ हिन्दु राज्य र राजसंस्था पुनस्र्थापनाका लागि नेपालगन्जमा शनिबार हजारौंको संख्यामा मोटरसाइकल ¥याली निकालिएको छ ।


हिन्दु राष्ट्रवादी आयोजक रहेको ५ सय बढी मोटरसाइकल ¥यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट न्युरोड, पुष्पलाल चोक, सुर्खेत रोडको वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल हुँदै त्रिभुवन चोक, सदरलाईनदेखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरेका छ ।

राप्रपाका राष्ट्रिय नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले र्‍यालीपछि जम्मा भएको भीडलाई सम्बोधन गर्दै ‘देश संकटमा भएको राजसंस्था फिर्ता ल्याए मात्रै देशले राहत पाउने अभिव्यक्ति दिए । साथै उनले धर्म, राजा र राष्ट्र जोगाउन संघर्षका लागि तयार हुन आह्वान समेत गरेका छन् । राणाले बिभिन्न देशको उदहारण दिदै उनले अब हिन्दू र मुस्लिमहरु मिलेर राजा सहितको हिन्दु राष्ट्रको निर्माण गर्ने तर्फ अग्रसर हुने जिकिर गरे ।

राप्रपामा केन्द्रीय सदस्य ऋषि राज देवकोटाले १४ वर्षपछि अब गणतन्त्र बिरुद्धमा आन्दोलन सुरु भएको र नेपाली जनता भ्रमभन्दा माथि उठेर आवाज उठाएको बताँएका छन् ।

हिन्दु राज्य र राजतन्त्र पुनर्स्थापना, संघीयताको खारेजी लगायत माग राखेर बुटवलबाट सुरु भएको प्रदर्शन देशका प्रमुख शहरहरुमा जारी रहेको छ । नेपालगञ्जमा भएको प्रदर्शनमा बाँके जिल्ला भरिका नागरिकको सहभागिता रहेको थियो ।

नेपालको राष्ट्रिय झन्डा तथा भगुवा झण्डा बोकेर ¥यालीमा हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाइएको थियो । नेपाल शिवसेना अध्यक्ष राज कुमार रौनियारले ले बताउनुभयो । 

भर्खरै

सम्बन्धित खबर

Language »