सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुमारी बाँठा मगर (मनु) द्वारा लिखित पुस्तक पीडा को पोखरी उपन्यास लोकार्पण

काठ्माण्डौ

लामो समय देखि सामाजिक सेवा मा  खटिरहेकि बाँफीकोट  ८ दुली, रुकम कि कुमारी बाँठा मगर (मनु )द्वारा लिखित ,गोबिन्द कँडेल (आँशु)ले सम्पादन गरेर सहयात्री दर्पण नेपाल ले प्रकाशन गरेको पीडाको पोखरी नामक उपन्यास आज एक कार्यक्रम बिच लोकार्पण गरीएको छ ।

एमनेस्टी इन्टरनेशनल नेपाल सदस्य  ,राष्ट्रीय मानव अधिकार प्रतिष्टान  केन्द्रीय परिषद सदस्य  , पर्यटन प्रबर्दन तथा वातावरण संरक्षण केन्द्र उपाध्यक्ष ,नेपाल मगर संघ कर्णालि प्रदेश महिलाबिभाग सचिव,नेपाल मगर बौद्ध सेवा समाज  केन्द्रीय सदस्य समेत को जिम्मेवारि बहन गरि रहेकी कुमारी बाँठा मगर (मनु) को लेखन यात्रा मा भने यो  पहिलो कदम हो  ।

गीतकार तथा साहित्यकार प्रदिप देवान को शभापतित्व र वरिष्ट साहित्यकार श्रवण मुकारुङ को प्रमुख आतिथ्यमा भएको कार्यक्रम मा बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा साहित्य प्रेमि हरु ले आ आफ्नो मनत्ब्य राखेका थिए ।

यस कार्यक्रम मा बोल्दै वक्ता हरु ले नेपालि साहित्यले आन्तराष्ट्रीय स्तर मा गुणात्मक फड्को मार्न नसकेको मा चिन्ता ब्यक्त गरेका थिए। नेपालि साहित्य अझै २० बर्ष पछाडि रहेको र यसलाई उठाउन राज्यस्तर बाट कुनै पनि पहल नभएको पनि उनिहरु  को भनाई रहेको थियो ।

यो किताब तयार गर्दा आफुले घर परिवार बाट सोचेजति सहयोग नभए पनि अबरोध भने नभएको लेखिका मनु मगर ले बताईन् । किताब तयारगर्दाको समयमा साथि भाई ईष्ट मित्र हरु  ले भने राम्रो सहयोग गरेको र यो किताब तयार पार्न बिसेश सहयोग गर्नु  हुने सम्पादक गोबिन्द कँडेल (आँसु) तथा प्रकाशन मा सहयोगगर्नुहुने सहयात्री दर्पण नेपाल् लाई हार्दिक आभार प्रकट गर्ने बताईन्।

यो किताब सामाजिक र पारिवारिक घटना हरु लाई चित्रण गर्न सक्ने र सबै ले सजिलै  परिवार संग बसेर पढ्न मिल्ने सामाजिक उपन्यास रहेको उनि  को दावि छ ।

कार्यक्रम मा कलाकार हरु  द्वारा नृत्य पनि देखाइएको थियो  ।

कार्यक्रम को अबसर मा कार्यक्रम लाई बिषेस सहयोग गर्ने बिभिन्न ब्यक्तित्व हरु तथा कलाकार हरु लाई सम्मान समेत गरिएको थियो  ।

भर्खरै

सम्बन्धित खबर

Language »