सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीद्वारा लाखौंको हार्डवेयर सामग्री बरामद

नेपालगञ्ज,सशस्त्र प्रहरीले नेपालगञ्जको सिमा नाकाबाट अवैध सामग्री बरामद गरेको छ । बिओपी कालाबञ्जारबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिम कठायत नेतृत्वको टोलीले मंगलबार बिहान ५ बजे नेपालगञ्ज १५ पिप्रहवाबाट बरामद गरेको हो ।

भारतबाट ल्याउदै गरिएको अवैध हार्डवयरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।

बरामद गरिएका १ लाख ८४ हजार रुपैयाँको अवैध सामग्रीलाई मंगलवार नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »