सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं महानगरपालिका वडा नं. ४ मा बृहत प्रदर्शन

काठमाडौं ।नेपाली कांग्रेस पाटिको केन्द्रिय निर्देशन अनुसार नै नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ४ का इकाई सभापति रामप्रसाद न्यौपानेको सभापतित्वमा आज बृहत प्रदर्शन भएको छ।

आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र नं ५ का प्रदेश सभापति भैरव सापकोटा,संविधान सभा सदस्य रमा गुरागाई,पुर्व क्षेत्रीय सभापति अच्युत प्रसाद सापकोटा,पुर्व महिला संघ क्षेत्रीय सभापति प्रतिमा पौडेल,महिला संघ महाधिवेशन प्रतिनिधि बिना प्रसाईं,इकाई सचीव सुर्य भगत श्रेष्ठ र ईश्वरी अधिकारी, कोषाअध्यक्ष अम्बिका देवी श्रेष्ठ,तरुण दल इकाई अध्यक्ष प्रणिस जङ्ग शाह,पुर्व इकाई सभापति शम्भु प्रसाद अधिकारी,पुर्व इकाई उपसभापति राजेन्द्रमान जोशी,नेपाल बिद्यार्थी संघ पुर्व केन्द्रिय सदस्य अनिल खनाल,प्रकाश महर्जन,लिखितेन्द्र श्रेष्ठ,क्षेत्रीय प्रतिनिधिहरु सरोज कुमार पौडेल,अनिष भट्टराई,उषा कुमारी सुबेदि लगाएत हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

संचारकर्मी सङ्ग कुरा गर्दै इकाई सभापति रामप्रसाद न्यौपानेले केपि ओलिको सरकारले संविधान माथी उठेर आफ्नो व्यक्तिगत स्वार्थको लागि संविधान माथी नै कु लगाएका छन् । देशको संविधान र कानुन भन्दा माथि कोहि व्यक्ति हुनै सक्दैन चाहे प्रधानमन्त्री होस् या रास्ट्रपति हामीले यो कु विरुद्ध आज सडकमा आउन बाध्य भएका छौ।

कार्यक्रम बिशाल मिलन केन्द्र देखि वडा नं ४ परिक्रमा गरेर वडा नं ४ कै महाराजगन्जमा कोणसभा गरिएको थियो कोणसभामा काठमाडौं क्षेत्र नं ५ का १५ वटा इकाई सभापतिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमका प्रमुख आतिथ्यता नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले गरेका थिए।

आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै महतले ओलीलाई सो आरोप लगाएका हुन् । उनले भने , ‘ ओली सरकारले आकाश पाताल जोड्ने गफ चुटे पनि काम गरेनन् । ‘ प्रधानमन्त्री ओलीले रेल र पानीजहाज ल्याउने कुरा गरे पनि दुई वर्षसम्म सर्भेसमेत नभएको बताए ।

‘ खोइ रेल र पानीजहाज ? कुरैकुरामा जनतालाई रनभुल्लमा पार्ने ? गफैले जनता अगाउँछन् भनेर गफ लगाइदिने ? ‘ उनले प्रश्न गरे ।


उनले ओली सरकारले संस्थागत भ्रष्टाचार गरिरहेको पनि बताए । सरकारले भ्रष्टाचार र कमिसनभन्दा अर्को शब्द नजानेको भन्दै कांग्रेस सहमहामन्त्री डा . महतले भने , ‘ कोभिडको यत्रो महामारीमा भ्रष्टाचार गर्नु त के , सोच्नु पनि पाप हो । तर उहाँहरुले त भ्रष्टाचार सोचेको मात्र होइन , गरेरै देखाउनु भयो । भन्दै सरकार प्रति आक्रोश पोखेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »