सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फलामजन्य सामाग्रीको मुल्य बृद्धी को बिरुद्ध मा ग्रील तथा स्टील ब्यबसायी र हार्डवयर ब्यबसायी बिच अन्तरकृया

काठ्माण्डौ                                                               

  ग्रील तथा स्टील ब्यबसायी महासंघले केहि समय देखी निरन्तर रुपमा फलामजन्य पदार्थको अस्वभाविक मुल्यबृद्धी भएको भन्दै यो बिषयमा छलफल तथा बहस अगाडी बढाएको छ । पहिलो चरण मा आफु मातहत का ब्यबसायी हरु बिचमा अन्तरकृया कार्यक्रम गरेको महासंघले आज ग्रील ब्यबसायी र हार्डवयर ब्यबसायी बिच अन्तरकृया कार्यक्रम संपन्न गरेको छ ।

अस्वभाविक मुल्यबृद्धीको बहस गर्न कै लागी मुल्यबृद्धी अनुगमन तथा निरिक्षण समिती नै बनाएर कार्य अगाडी बढाएको महासंघले आज बसुन्धरा यती भेन्यु मा ग्रील ब्यबसायी र हार्डवयर ब्यबसायी बिच बृहद अन्तरकृया कार्यक्रम गरेको हो ।

मुल्यबृद्धी अनुगमन तथा निरिक्षण समितीका संयोजक ,महासंघ का प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ को अध्यक्षता र महासंघ का केन्द्रीय अध्यक्ष मोहन कटुवाल को प्रमुख आतिथ्यमा संपन्न भएको कार्यक्रममा ग्रील तथा स्टील ब्यबसायी महासंघ का प्रतिनिधि  हरु  ,ग्रील तथा स्टील ब्यबसायी संघ काठ्माण्डौ ,भक्तपुर ,ललितपुर जिल्लाका पदाधिकारिहरु ,सो अन्तर्गत क्षेत्रका पदाधिकारीहरु ,इकाई समितिका पदाधिकारी हरु र हार्डवयरको तर्फ बाट बिक्की हार्डवयर  ,प्रकाश ट्रेड सेन्टर ,राजेश हार्डवयर , स्टील उड प्रा.ली. को प्रतीनिधी हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम को शुरुवात गर्दै कार्यक्रमका अध्यक्ष तथा अनुगमन , निरिक्षण समिती का संयोजक ठुलो बाबु श्रेष्ठ ले ग्रील तथा स्टील ब्यबसायी महासंघ अन्तरगत मुल्यबृद्धी संबन्धमा बनेको मुल्यबृद्धी अनुगमन तथा छानविन समिती  को कार्यपत्र ( वर्तमान परिस्थिती र हाम्रो कार्यभार )प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा बिस्तारै संबृद्धी को  दिशामा अगाडी  बढ्न खोज्दै गरेको नेपाल मा बिभिन्न प्राकृतिक प्रकोप र राजनैतिक संक्रमण को फाईदा उठाउँदै केहि दलाल र माफिया हरुले आम उपभोक्ता माथी खेलवाड गरिरहेको र त्यस प्रती संस्थाको ध्यानाकर्षण भएको बताइएकोछ ।

कार्यपत्रमा अन्तराष्ट्रीय स्तरमा तेल(इन्धन)र डलरको मुल्यले नेपालको उत्पादनमा पर्ने प्रभाव ,फलामजन्य सामाग्री आयत हुने देशहरु र यसको उत्पादनसंगको अन्तर संबन्ध ,मुल्य समायोजन संबन्धी राष्ट्रीय र अन्तराष्ट्रीय मापदण्ड र यसको वैज्ञानिकता ,फलाम जन्य सामाग्री को मुल्य मा पार्दर्शिता र एक रुपता ,ग्रील तथा स्टील ब्यबसायी @हार्डवयार ब्यबसायी @उपभोक्ता र मजदुर बिच सहकार्यता को बिषय मा छलफल बहस गरिएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै निरिक्षण तथा छानबिन समितिका संयोजक ठुलो बाबु श्रेष्ठ  ले शान्तिपुर्ण र सौहार्द पुर्ण वातावरण मा छलफल ,अन्तरकृया र वार्ता बाट निकास निस्कन नसके  बृहद आन्दोलन समेत हुन सक्ने चेतावनी दिएका छन्। ११ हजार ब्यबसायी ,६४ जिल्ला संगठन र १ लाख ६० हजार मजदुर को नेतृत्व गरिरहेको ग्रील तथा स्टील ब्यबसायी महासंघ लाई कमजोर सम्झेर मुल्य समायोजन मा नगए त्यस बाट ठुला उध्योग हरु लाई क्षति पुग्ने निस्चित छ, त्यस को जिम्मेवारी संबन्धित सरकारी निकाय र उध्योग स्वयं ले लिनु पर्ने हुन्छ।त्यसैले आम उपभोक्ता, मजदुर र ग्रील ब्यबसायी लाई कमजोर नसम्झिन उनले आग्रह समेत गरेकाछन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रील ब्यबसायी र हार्डवयर ब्यबसायी बिचको  अन्तरसंबन्ध नङ र मासु या एउटै सिक्काको दुइवटा पाटा भएकोले यो बिषयमा कुनैपनि आरोप लगाउन नहुने भन्दै रोलिङ मिल सम्म अलि नजिक को संबन्ध हुने भेकोले हार्डवयर र ग्रील ब्यबसायी को समन्वयन बाट एउटा आन्दोलनको तयारीगर्न सहज हुने तथा आम उपभोक्ता लाई बिश्वास दिलाएर पुन बजार बिस्तार गर्न सकिने हुँदा सहकार्य अनिवार्य रहेको बताए । उनले  नेपाली उध्योग  र संबन्धित सरकारी कर्मचारी तथा राजनैतिक ब्यक्तित्वहरु  को मिलेमतोमा मात्र मुल्य बृद्धी भएको हो या होईन भन्ने पत्ता लाग्ने बितिकै आन्दोलनको स्वरुप निर्धारण हुने तर्क प्रस्तुत गरेका थिए । यस बिषय मा बौद्धिक र बिज्ञ हरु संग समेत अन्तरकृया भई रहेको र यसको लागी उध्योग बाट लागत स्टमेट निकालेर अध्यायन गर्ने तयारी भइ रहेको समेत प्रस्ट पारे ।

कार्यक्रममा बिक्की हार्डवयर, राजेश हार्डवयर , प्रकाश ट्रेड सेन्टर र स्टील उड का प्रतिनिधि हरुले एउटै  स्वरमा रोलिङ मिल हरुको बचाउ गरेका थिए । अन्त राष्ट्रीय स्तर मै ब्लेड को मुल्य बढेपछी फलाम जन्य उत्पादन  को मुल्य नेपाल मा बढेको उनिहरुको तर्क थियो । मुल्य बृद्धी को संबन्धमा मात्र नभै ग्रील ब्यबसायी हरुको हरेक सकारात्मक कामहरुमा सहयोग गर्न आफुहरु तयार रहेको पनि उनिहरु ले बताएका छन् ।हार्डवयर ब्यबसायी र ग्रील ब्यबसायी को बिचमा नङ र मासु को संबन्ध रहेको उनिहरु ले स्विकार गरेका थिए ।अन्तराष्ट्रीय स्तर मै माफियाहरुको चल खल भएको हुन सक्ने कुरामा उनिहरु पनि सहमत भएका छन् । नेपाली उध्योग हरु ले मात्र यसरि लामो समय मुल्य अस्थिरता कायम राख्न नसक्ने उनिहरुको जिकिर छ । केहि समयमा फेरी मुल्य समायोजन हुने कुरामा आफुहरु बिस्वस्त  रहेको पनि उनिहरुले बताए ।

कार्यक्रम को ब्यबस्थापन ग्रील तथा स्टील ब्यबसायी संघ काठ्माण्डौ पश्चिम क्षेत्र का अध्यक्ष शैलेस ठकुरी ले गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »