सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वाग्मती सरसफाइ महाअभियान को ४०० औं हप्ताको बिशेष कार्यक्रम सम्पन्न

काठ्माण्डौ

वाग्मती सरसफाइ महाअभियान ले  ४०० औं हप्ताको बिशेष कार्यक्रम सम्पन्न गरेको छ। २०७० साल बाट शुरु भएर लगातार चलिरहेको संसार कै सबभन्दा लामो स्वयंसेवीअभियान को रुप मा हेरिएको यो अभियान ले प्रत्यक १०० हप्ता को अन्त्य मा यस्तै बिषेष कार्यक्रम गर्ने गरेको छ । पहिलो १०० हप्तामा मानव साङ्लो बनाएर बृहद शक्ति प्रदर्शन गरेको अभियानले त्यस पछि का २०० ,३०० हप्ताको अवसर मा यस्तै स्टेज कार्यक्रम गरे को थियो ।

अभियान का संयोजक लिलामणि पौड्याल को अध्यक्षता मा भएको कार्यक्रम को प्रमुख अतिथि   को भुमिकामा संचार कर्मि ,गायिका तथा रास्ट्रीय शभा सदस्य माननिय कोमल वलि रहेकि थिइन्।

वाग्मती अभियान भन्दा अगाडी देखिनै अरु धेरैले अभियान हरु गरेको बताएपनि सरसफाइ अभियानको आधिकारिकता भने  यो अभियान ले मात्र पाएको छ । वाग्मती सफाइ अभियान को निरन्तरता संगै काठ्माण्डौ उपत्यका का धेरै खोला नाला र सडक हरुको नाममा सफाइ अभियान हरु संचालन गरिदै आएका छन्।  पछिल्लो समय देशै भरि यस्ता अभियान हरु चल्ने होड नै चल्न थालेको छ  ।

वाग्मती  को यो कार्यक्रम मा देश का बिभिन्न भाग तथा उपत्यका का सबै जसो अभियान का अभियन्ता हरु  को उपस्थिति रहेको  थियो । लोक बहादुर टन्डन ले नेतृत्व गरेको चक्रपथ सरसफाई महाअभियान ,तारा बहादुर कुंवर ले नेतृत्व गरेको चक्रपथ सफाइ अभियान -२०७१ ,लक्ष्मि प्रसाद गेलाल ले नेतृत्व गरेको ललितपुर चक्रपथ सरसफाइ तथा सुन्दरता अभियान ,आलोक नगर सरसफाइ अभियान,तिल गंगा सफाइ अभियान ,बिष्णुमती सफाइ अभियान तल्लो र माथिल्लो ,गोदवारी क्षेत्र सफाइ अभियान ,मनोहरा सफाइ अभियान ,हनुमन्ते सफाइ अभियान ,रुद्रमती  सफाइ अभियान ,लगाएत का सबै अभियान हरु  को सक्रीय सहभागिता रहेको आयोजक पक्ष ले बताएको छ  ।

कार्यक्रम मा राष्ट्रवादी गायक तिलक बस्नेत ले “सुन कान्छि सुन् ,फोहर फाल्ने फोहोरी भ्रष्टचारी हुन्” बोल को गीत गाए  पछि अभियन्ता र मन्च मा बसेका सबै उठेर नाचेका थिए  ।

“स्वच्छता हाम्रो पहिचाहन सफाइ मा मेरो योगदान “भन्ने मुल नारा का साथ  शुरुभएको कार्यक्रममा समाज सेवि तथा गायिक आनि छोइङ डोल्मा तथा सिनेमा क्षेत्र कि प्रसिद्ध नायिका मनिषा कोइरालाको आतिथ्य रहेको थियो  । कार्यक्रम मा शहरी बिकास मन्त्री प्रभु शाह आउने पक्का पक्कि भएको भएपनि बिभिन्न प्राबिधिक कारणले भन्दै  उनको उपस्थिति भने भएन ।

भर्खरै

सम्बन्धित खबर

Language »