सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माओबादी आन्दोलन को एक महत्वपुर्ण स्थान ओगटेको जनमुक्ती सेना को औपचारिक बिघटन भएपछी यत्र तत्र छारिएर बस्न बाध्य भएका पुर्व जनसेना हरु लाई एक कट्ठा गरी राख्ने उदेश्य ले स्थापना भएको बिभिन्न संघ संगठन हरु पनि नेकपाको आन्तरिक बिबाद को कारण संघिय संसद बिघटन भए पछी भिन्न भिन्न प्यानल र गुट मा समावेश भए पछी पुर्व जनमुक्ती सेना संघ नेपाल ले यो संगठन स्वतन्त्र रहेको भन्दै सबैलाई स्वबिबेक ले सही निर्णय गर्न अपिल गरेको छ । संघ का अध्यक्ष विरु तामाङ (सुदिप), महासचिव देवी बहादुर पराजुली (प्रशान्त) द्वारा हस्ताक्षर गरिएको अपिल आज नै सार्वजानिक गरिएको छ ।

अपिल जस्ताको त्यस्तै

हार्दिक अपिल ।

प्रिय पूर्व जनमुक्ति सेना संघ नेपालका योद्धाहरु ।

न्यानो अभिवादन ।

बलिदानको अभुतपूर्व किर्तिमानको गौरव गाथा तयार पार्दै स्थापित जनमुक्ति सेनाको यूगान्तकारी भूमिका सर्वत्र स्थापित भएको कुरा अवगत नै छ । यसरी इतिहासको प्रेरणाको स्रोतको रुपमा रहेको जनमुक्ति सेनालाई नेपालको संक्रमणकालीन राजनैतिक अवस्थासँग समावेश गराउँदै न्यूनतम सहमतिमा विघटन गराइएको कुरामा हामी सबै जानकारनै छौ । जनमुक्ति सेना विघटनका चरणवद्ध प्रक्रियामा जो उपस्थित भएर हस्ताक्षर गरे, तिनिहरु नै यो विघटनमा संलग्न रहेको कुरा घाम झै छर्लङ्ग छ । योद्धाहरुको क्यान्टोनमेन्ट बसाई अयोग्य र बर्हिगमन साथै स्वैच्छिक अवकासबाट गरिएको अव्यवस्थित सम्झौताहरु नै अहिले सृजित नयाँ संक्रमणको कारक तत्व बन्दै गएको छ । दिर्घकालिन व्यवस्थापन विना गरिएको सहमतीहरु दिन प्रति दिन असफल बन्दै गएको कुरा हामी सबैले भुल्न हुन्न । उल्लेखित प्रक्रियाहरु झैल्दै विघटनको प्रक्रियाबाट आफ्नो अगाडी बढ्ने सम्पूर्ण क्रियाकलाप अन्त्य गर्दै पूर्व जनमुक्ति सेना नेपाल स्थापित गराउन बाध्य बनाइएको कुरा सबै जानकार नै छौ । जनमुक्ति सेनाको विघटन पस्चात स्थापित भएको पूर्व जनमुक्तिसेना नेपालका सम्पूर्ण सदस्यहरु आफ्ना व्यक्तिगत जीवन यापन गर्ने दौरानको क्रममा कस्तो दयनिय रहयो भन्ने कुरा समाजमा ऐनाझै छर्लङ्ग छ । यावत विषयको समिक्षा गर्दै २०७३ साल बैशाख ११ गते जनमुक्ति सेनाको इतिहासलाई स्थापित गरि राख्ने उद्येश्य सहित सानो ठिमी क्याम्पसमा बसेको भेलाले पूर्व जनमुक्ति सेना संघ नेपाल गठन गर्यो र हाल यो सगठनले देशभर निरन्तर काम कार्वाही अगाडी बढाईरहेको कुरा जानकारी गराउन चाहान्छौ । यसरी बढ्ने क्रममा यो संगठनले नेपाल सरकारसँग विभिन्न माग राख्ने, ध्यानाकर्षण गराउने, घाइते योद्धाहरुलाई सरकारको सूचिमा समाबेश गर्ने र गोली लागि विभिन्न रोगबाट पिडितहरुलाई स्वास्थ्य उपचारमा विषेश व्यवस्थापन देखि लिएर भूकम्प, कोरोनाजस्ता विपतकाबेला राहत वितरण, घाइते योद्धाहरुलाई सहयोग, स्वास्थ्य उपचार व्यवस्थापनजस्ता कार्यमा संगठनको आफ्नै पहल तथा बिभिन्न तहका सरकारसँग समेत समन्यव गरी सहभागिता जनाउँदै आएका छौँ ।

यो संठनमा आवद्ध सदस्यहरु आफ्नो राज्यले दिएको कानूनत मौलिक हक अधिकारको प्रयोग स्वतन्त्र रुपमा गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको स्पष्ट पार्न चाहन्छौंँ । जनसेनाको ऐतिहासिकता कायम गर्न र समाज विकासमा थप योगदान गर्ने गर्ने गरी यो संगठन स्थापित गरेको कुरा सम्पूर्णमा थप प्रष्ट पार्न चाहन्छौ । यसमा कुनै भ्रममा नपर्न पनि सम्पूर्ण जनमुक्ति सेनाका सहयोद्धाहरुमा हार्दिक अनुरोध गर्न चाहन्छौ ।

हामीले भन्दै आएको शासकीय स्वरुपको समस्या र नेपालमा स्थापित सम्पूर्ण (पार्टी) दलहरुमा यो नेतृत्व व्यवस्थापनामा देखिएको समस्याको कारण सृजित नयाँ परिस्थितिमा पूर्व जनमुक्तिसेना संघ नेपाललाई नमुछ्न हार्दिक अपिल गर्दछौ । कुनै पनि कुरा यथास्थितिमा रहन्न, हरेक बस्तुले विकास खोजिरहेको हुन्छ । तसर्थ नेपालमा कानुनत जुनसुकै दलमा रहेको भएपनि पूर्व जनमुक्तिसेनाको इतिहासका क्रममा सहभागी भएको सम्पूर्ण योद्धाहरुलाई स्थापित गराइ राख्ने कुरा र सदस्य बनिरहने कुरा स्वतसिद्ध छ । यसमा कोही भ्रममा नपर्न पनि अपिल गर्न चाहन्छौ

अन्तमा, हाम्रो संगठन विरुद्ध कुनै प्रकारको भ्रम सृजना नगर्न, भ्रमित नपार्न नेपालमा स्थापित पार्टी, दलका कर्ताहरु, विभिन्न कुटनैतिक नियोगका प्रतिनिधि मित्रहरु र संघ संस्थाहरुलाई हार्दिक आग्रह सहित अनुरोध गर्न चाहन्छौ । धन्यवाद

विरु तामाङ (सुदिप) अध्यक्ष

देवी बहादुर पराजुली (प्रशान्त) महासचिव

भर्खरै

सम्बन्धित खबर

Language »