सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली राजनिती मा तरंगै तरंग : कोहि फुट्दै कोहि जुट्दै

काठमाडौ, ,

नेपाली कम्युनिष्ट पार्टी  हरु को टुट फुट घटना हरु बेला बेला मा आई रहने बिषय मध्य को एक  हो । यसै शृंखला को निरन्तरता स्वरुप एक पत्रकार सम्मेलन मार्फत पुनर्गठित नेकपा (माओवादी केन्द्र ),नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी र नेपाल श्रमजीवि पार्टी एक भै वर्तमान समाज र यसका अन्तरबिरोध हल गर्दै नयाँ समाजवादी क्रान्ति गर्ने उद्घोस गरेका छन् । पत्रकार हरु संग कुरा गर्दै माओवादी केन्द्र का संयोजक भबिस्वर परजुली ले यो देश को वर्तमान अवस्था ले जन्माएको बिषेस परिस्थिति भएको बताए  । उन ले भनेका छन् कुनै बेला हामि प्रचण्ड , बाबुराम र बादल संगै युद्ध मा होमिएका थियौं तर आज आइपुग्दा ति तिनै जना अलग अलग बाटोमा हिडिरहेका छन्  कुन बाटो सहि हो र कुन बाटो गलत हो भन्ने कुरा आफ्नो स्वबिबेकले पत्ता लगाउनु पर्ने यो बिसेष परिस्थिति लाइ बुझेर हामिले सबै बाम्पन्थि र राष्ट्रवादि शक्ति हरु  को एकता मा जोड दिएका छौं ।

उन ले भनेका छन् हामि अझै सबै साना साना शक्ति लाइ मिलाएर एक बिशाल लोकतान्त्रीक पार्टी को परिकल्पना गरी रहेका छौं। राज्य सत्ता र निजि सम्पति को सामिप्यता बढेको कारण अस्थिरता जन्मेको स्विकार गर्दै उन ले अब साँचि कै समाज वाद मा जाने हो भने  प्रतेक नागरीक वा कार्यकर्ता लाई उत्पादन सं ग जोड्नु पर्ने बताएका छन् ।

गोपाल किराँति , र कर्णजीत बुढाथोकि को माओबादी केन्द्र को बारेमा कुरा गर्दा उनले उनि हरु कै कारण आफुले पार्टीलाइ सुरक्षित बनाउन यसरि अलग्गै बस्नु परेको र आखिर २ जना अ विच लेनदेन नमिले पछि उनिहरु पनि एकै ठाँउ मा बस्न नसकेको दावि गरेका छन्  ।

आज चारवटा कम्युनिष्ट पार्टी विच पार्टी एकता सम्पन्न भएको घोषणा गरिएको छ । आज राजधानीमा एक पत्रकार सम्मेलन मार्फत संयुक्त विज्ञप्ती जारी गरी सो जानकारी गरिएको हो ।

चारवटा राजनीति पार्टी द्धारा संयुक्त जारी प्रेस विज्ञप्तीमा भनिएको छ देशको क्रान्तिकारी परिवर्तन र नयाँसमाजवादी व्यवस्थाका लागि निरन्तर संघर्ष गर्दै अलग अलग पृष्ठभूमिबाट आएका हामी तीन राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी र नेपाल श्रमजीवि पार्टी नेपालको कम्यूनिष्ट क्रान्तिकारी आन्दोलनको मूल प्रवाह तथा माओवादी आन्दोलनको इतिहास, भावना, विचारको निरन्तरता दिदै आएको पुनर्गठित ने.क.पा. (माओवादी केन्द्र) सँग पार्टी एकीकरण गर्न सहमत भएका छौं साथै एकीकरण पछि बनेको पुनर्गठित ने.क.पा.(माओवादी केन्द्र) को पार्टी अध्यक्ष भबिसोर पराजुली नै रहने गरी निर्णय भएको घोषणा गर्दछौं ।

सम्मानजनक एकता भनिएको सो पार्टी एकतामा उल्लेख गरिएको छ, हामीबीच रहेका कतिपय सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक विषयमा खुला र मैत्रीपूर्ण विचारधारात्मक छलफल गर्दै समान धारणा बनाउन प्रयत्न गरिने छ । पार्टी एकतामा आबद्ध सबै तहका नेता तथा कार्यकर्ताको आपसी छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको छ ।

एकता सम्पन्न पछि जारी गरिएको सयूक्त विज्ञप्तीमा जोडदिदै भनिएको छ । नेपाली जनताले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरेको लामो बलिदानी संघर्ष विशेष गरी महान् जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको नयाँ संविधानमा संस्थागत गरिएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक समेतका जनअधिकारको संस्थागत गर्दै नयाँसमाजवादी व्यवस्थाका लागि हामी प्रतिबद्ध छौं ।

भर्खरै

अघिल्लो लेखमा
अर्को लेखमा

सम्बन्धित खबर

Language »