सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ राजा ह्रेन्जेन दोर्जेको इतिहास अथवा “दोङह्राप” गीतको माध्यमबाट सुन्न सकिने

काठमाडौँ । काभ्रे जिल्लाको ऐतिहासिक उद्गम स्थल तेमालको तामाङ राजाको जिवनीमा आधारित ऐतिहासिक गीत दोङ्ह्राप ह्वाई तामाङ समुदायको पुराना गायक चन्द्र कुमार मोक्तानको प्रमुख आतित्थ्यतामा सार्वजनिक भएको छ ।

 काठमाडौँ तिनकुने स्थित एक क्याफेमा आईतवार पत्रकार सम्मेलन मार्फत बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको जानकारी दिएको हो ।

तामाङ गीत संगीतकै इतिहासमा पहिलोपटक २०३७ सालमा रेडियो नेपालमा गीत रेकर्ड गर्ने गायक चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा उक्त गीत सार्वजनिक गरिएको हो ।

 गीतमा ऐतिहासिक तेमालको तामाङ राजा ह्रेन्जेन दोर्जेको परिचयसँगै ईतिहासँग सम्बन्धित बिषयवस्तुलाई उठान गरिएको छ । भाग १, २ र ३ गरी क्रमश ३÷३ महिनामा सार्वजनिक गर्ने तयारी रहेको उक्त दोङ्ह्राप अर्थात ईतिहास गीतको पहिलो भाग आइतवार २५ गते सार्वजनिक गरिएको हो ।

गीतका शब्द संकलक अर्थात रचनाकार हिराकाजी लामाले तेमालको तामाङ राजा ह्रेन्जेन दोर्जेको जिवनीसँग सम्बन्धीत रहेको यो गीत पहिलो ऐतिहासिक गीत रहेको दाबी गरेका छन् ।

बिभिन्न राजाहरुको इतिहास अर्थात जिवनी किताबमा प्रकाशीत हुने गरेकोमा गीतसंगीतको माध्यमबाट भने पहिलो पटक भएको उल्लेख गर्दै अब देश बिदेशमा छरिएर रहेका तामाङहरुले ईन्टरनेटको माध्यमबाट सुन्न सकिने बताउनु भयो ।

राजा ह्रेन्जेन दोर्जेको जिवनी सगै इहासको बारेमा जानकारी दिने किताब कहाँ पाइन्छ? यो इतिहासको बारेमा गाउँ समुदायमा कस्ले बताउन सकिन्छ भनेर सोधिखोजिरहनु पर्ने समस्याको एउटै मात्र समाधानको उपाए भनेकै अबका दिनमा दोङ्हा्रप ह्वाई रहेको कुरा पुष्टि पारेका थिए ।

 तामाङ्ग जाति को मुल थलो को रुपमा परीचित तेमाल को बिषयमा धेरै चर्चा परी चर्चा हुने गरेको छ । तामाङ्ग राजा ह्रेन्जेन दोर्जेको दरवार क्षेत्र भनेर चिनिने तेमाल र तामाङ्ग राजा ह्रेन्जेन दोर्जेको इतिहाँसलाई गीतको माध्यमबाट आम नेपालीहरुलाई बझाउन खोजेको शब्द रचनाकार हीराकाजी लामाले पत्रकारहरुले सोधेको प्रश्नको जवाफको क्रममा बताउनु भयो ।

नेपाल कुनै बेला बाईसे चौबिसे राज्यको रुपमा स–साना राज्यमा विभाजित रहेको त्यो ईतिहासको कालखण्डमा नेपाल एकिकरणको क्रममा राजा पृथ्विनारायण शाहाले ह्रेन्जेन दोर्जेले आफ्नो छुट्टै शासन चलाएको तेमाल राज्य कब्ज गर्न नसकेको र मित लगाउने बहानामा ह्रेन्जेन दोर्जेको बिभत्स हत्या गरेको ईतिहास तेमाल लगायत आसपासका तामाङहरुले कथाको रुपमा सुनाउने गर्थे भने अब त्यही बिषयबस्तु संग सम्बन्धित सबै कुराहरु गीतको रुपमा सुन्न पाइने भएको छ ।

 तामाङ राजा ह्रेन्जेन दोर्जेको जिवनीमा आधारित ऐतिहासिक गीत दोङह्राप सार्वजनिक कार्यक्रमका सभापति तथा शब्दकार हिराकाजी लामाले गरेका थिए भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी एवम् सामाजीक अभियान्त सुदिन लामा दोङले गरेका थिए ।

उपस्थित पत्रकारहरुको प्रतिनिधित्व गर्दै मन्तव्य राख्ने क्रममा सारा खबरका सम्पादक मिलन लामा दोङले सम्पुर्ण पत्रकारहरुलाई यो ईतिहांसकै पहिलो ऐतिहासिक गीत रहेकाले समाचारको रुपमा सक्दो प्रचार प्रसार गरि देश तथा विदेशमा रहेका तामाङ तथा गैह्र तामाङहरुमाझ पुर्‍याउनको निमित्त अनुरोध गरेका थिए ।

 हिराकाजी तामाङको शब्द संकलनमा बनेको उक्त गीतमा संगीत बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको रहेको छ भने यस गीतमा चन्द्रकुमार दोङको साथमा ईन्दिरा गोले गुरुङ, सोनिया लामा र रस्मी तामाङ दोङको आवाज रहेको छ ।

यस गीतको निर्माता सि.बि.लामा रहेको छ भने सम्पादक जिल्ला दोर्जे लामा रहेको छ ।

रमेश खनाल र कृष्ण विजय श्रेष्ठले प्रायोजन गरिएको दोङ्ह्राप ह्वाईको विशेष सम्पदाक भने शंख बुद्ध लामा र मान बहादुर तामाङ रहेको छ ।

भिडीयो हेर्न तल क्लिक गर्नु होला

भर्खरै

सम्बन्धित खबर

Language »