सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युगान्तर खबर को औपचारीक शुभारम्भ

काठ्माण्डौ

नेपाली संचार क्षेत्रमा नयाँ नयाँ नाम हरु थपिने क्रम जारी नै छ  । लामो समय देखि छापा मिडीया मा एउटा स्थान जमाउन सफल संचारकर्मी बसन्त परीयार को युगान्तर खबर आजै बाट सार्वजानिक भएको  छ ।

वरीष्ट  पत्रकार तथा जेष्ठ नागरीक कोष का शभापति राम कृष्ण कर्माचार्य को प्रमुख आतिथ्य र युगान्तर मिडीया का कार्यकारी प्रकाशक  तथा  सम्पादक बसन्त परीयार को शभापतित्व मा भएको  कार्यक्रम युवानेता ,पत्रकार तथा पुराण बाचक (पंडीत)नवराज लम्साल ले संचालन गरेका थिए ।

कार्यक्रम मा बिभिन्न बिधामा समाज सेवाको कार्य गर्ने हरु  लाई सम्मान पनि  गरीएको  थियो  ।

राज्यको चौथो अंग को रुपमा परीभाषित पत्रकारीता पेसामा पछिल्लो समय परेको राजनैतीक असर ले बिस्तारै आम नागरीक मा नकारात्म प्रभाव परी रहेको ले वास्तवीक पत्रकारीता गर्ने हरु ले पत्रकारीताको मर्म लाई बुझेर कार्य गर्न  कार्यक्रम का बक्ता हरुले जोड दिएका थिए  ।

संचार माध्यम हरु  को तिब्र बिकास र प्रतिस्पर्धा ले हाम्रोजस्तो सानो विग्यापन बजार ,सुचना तथा मनोरन्जन को क्षेत्र मा प्रभाव पार्नसक्ने भएपनि  पाठक को रुचि  रोजाइ र आवस्यकता पहिलो प्राथमिकता मा रहने प्रकाशक बसन्त परीयार ले बताएका छन्  ।

काठ्माण्डौ स्थित नयाँ बजार को ए वान क्याफे मा भएको कार्यक्रम भब्यरुपमा   संपन्न भएको आयोजक ले बताएको  छ  ।

भर्खरै

सम्बन्धित खबर

Language »