सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुवोध कुमार गुप्ता बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित

काठमाडौं-

 नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य सुवोध कुमार गुप्ता महासंघ अन्तर्गत बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित भएका छन् ।

 महासंघले सोमबार उनलाई सो समितिको उपसभापतिमा मनोनित गरेको हो ।महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाद्वारा जारी विज्ञप्तीमा गुप्तालाई बित्तिय समितिको उपसभापतिमा मनोनित गरिएको उल्लेख गरिएको छ ।

महासंघका कार्यकारिणी समिति सदस्य शाहिल अग्रवाल उक्त समितीको सभापति छन् ।

 यस समितिले नेपालका बैंक, वित्तीय संस्था, विमा कम्पनी लगायतका वित्त क्षेत्रसँग सम्बन्धित रहेर देशको वित्त, उद्योग, व्यवसाय आदी उकास्न भूमिका खेल्ने गर्छ ।

महासंघ भित्रको एक प्रमुख समितीका रुपमा रहदै आएको उक्त समितीले सभापति र उपसभापति दुवै काबिल पाएको महासंघ भित्र चर्चा हुन थालेको छ ।

 महासंघले गठन गरेको अन्य कमिटीमा पनि गुप्तालाई सदस्यका रूपमा मनोनित गरिएको छ ।

सुबोध कुमार गुप्ता नेपाल तेल, चामल, दाल संघका केन्द्रिय अध्यक्ष साथै वीरगञ्ज उद्योग संघका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »