सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२८५७ औं सोनाम ल्होछार (“लाङ”म्हे ल्हो )मा भब्य साँस्कृतिक कार्यक्रम हुँँदै

   काठ्ग्माण्डौ ,   बौद्ध       नेपाल तामाङ घेदुङ गोकर्णेश्वर र सेवा फिल्म्स प्रा. लि. को सयुक्त आयोजनामा बृहत साँस्कृतिक तथा सांगीतिक कार्यक्रम मञ्जुश्री संवत् २८५७ औं लाङ “म्हे”ल्हो वृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ।

माघ २९ र ३० गते हुने दुईदिने कार्यक्रम डिम हाउस ईन्टरनेसनल लिमिटेड बाैद्व नयाँबस्ती काठमाडौंको बागमती किनारमा हुने सो कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारहरुको विशेष प्रस्तुति रहने सोनाम ल्होछार प्रचारप्रसार समितिले बताए।

२९ गते बेलुका ल्होछार इभ गरि ३० गते “म्हे ल्हो” सोनाम ल्होछारको उद्घाटन तथा ल्होछार विशेष वृहत् साँस्कृतिक कार्यक्रम गरिने बताएकाछन् ।

राष्ट्रिय जनगणना २०७८ मा तामाङ जाती तामाङ भाषा र बौद्ध धर्म लेखौ कोभिड १९ को महामारिमा सोनाम ल्होछार २८५७ औं घर घरमा मनाऔं भन्ने मूल नाराका साथ सम्पूर्ण तामाङहरु एकै ठाउँमा भेला भई तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार मनाउने उद्दश्यले अायोजित सो कार्यक्रममा विभिन्न व्यवसायी,समाजसेवी ,बुद्धिजीवी लगायतको समेत सहभागीता रहने आयोजकले जनाएको छ।

तामाङहरु संसारकै जुनसुकै ठाउँमा जन्म भएपनि सबै तामाङहरु एकता भई आफ्नो भाषा, धर्म संस्कार र संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने  आयोजक समितिले जोड दिएका छन् ।

जिवा ल्होलाई बिदाइ गरि नयाँ वर्ष म्हे ल्होलाई भव्य रुपमा स्वागत गरिने उक्त कार्यक्रममा तामाङको भेषभुषा, सेलो गीत र नृत्य प्रस्तुत हुने कार्यक्रमको तयारी भइरहेको कार्यक्रममा सम्पूर्ण ल्होछारप्रेमीहरु लाई उपस्थितिको लागि हार्दिक अपिल समेत गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »