सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मधेसी आयोगका सदस्य विजय गुप्तालाई नेपालगञ्जमा सम्मान

नेपालगञ्ज, संवैधानिक आयोगको रुपमा रहेको मधेसी आयोगका सदस्य विजय गुप्ताले आयोगले मुलुकमा जातीय सद्भाव बढाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

आयोगको सदस्यमा नियुक्त भएपछि गुप्तालाई नेपालगञ्जस्थित सुन्दर काण्ड मित्र मण्डलले सम्मान गरेको हो । सो अवसरमा गुप्ताले आयोगको सदस्यसँगै आफुले सामाजिक सेवाको कामलाई निरन्तरता दिने बताउनुभयो ।

गुप्तालाई सम्मान गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले संवैधानिक परिषदले योग्य ब्यक्तिलाई आयोगको सदस्यको रुपमा जिम्मेवारी दिएको भन्दै यसबाट नेपालगञ्जबासी उत्साहित भएको बताउनुभयो ।

मित्र मण्डलले भेरी अस्पतालमा २० रुपियाँमा प्रति छाक खाना खुवाईरहेको छ । सोही स्थानमा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, पुर्ब प्रमुख डा. श्यामसुन्दर यादव, उद्योगपति कन्हैयालाल बैद्य, प्रदिप छाछेड, नेपाली काँग्रेसका नेता प्रशान्त विष्ट, राप्रपाका नेता ऋषिराज देवकोटा लगायतको उपस्थिती थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »