सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चुनावी क्षेत्रमा पूर्व शहरी विकास मन्त्री मो. इस्तियाक राईको सक्रियता

नेपालगञ्ज, पार्टीका नेता तथा पूर्व शहरी विकास मन्त्री मो. इस्तियाक राईको प्रमुख आतिथ्यतामा जनता समाजवादी पार्टी नेपालगंज उपमहानगरपालिका वडा न. १४ ले सोमबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।

कार्यक्रममा राईले पार्टीका कार्यकर्ता तथा स्थानीय जनताहरुसंग शहरी बिकास मन्त्री हुँदा गरेका बिकास निर्माणका कामहरु तथा आगामी दिनमा गर्ने अन्य थुप्रै बिकासको बारेमा चर्चा गर्नु भयो ।

सोही कार्यक्रममा राम किशोर गिरी सियाराम खटिक दशरथ कोरी राजेन्द्र बर्माले पार्टी प्रवेश गरेको जसपाले जनाएको छ । नवप्रवेशीहरुलाई राईले खादा माला लगाई पार्टीमा स्वागत गर्नु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »