सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रेस संगठन बाँकेमा ठाकुर, शाह र ढकाल मनोनित

नेपालगञ्ज, प्रेस संगठन बाँकेको बैठक सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ । संगठन बाँकेका संयोजक डक्टप्रसाद धितालको अध्यक्षतामा बसेको बैठकले पत्रकार दिनेश ठाकुर, जावेद अहमद शाह र जयपती ढकाललाई कार्य समिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

बैठकले फागुन ८ गते नेपालगञ्जमा जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको छ । बैठकले साविक प्रेस चौतारी र प्रेस संगठन नेपालको एकतापछि गठन भएको प्रेस संगठन बाँके डक्ट धितालको नेतृत्वको कमिटी भएको भन्दै कुनैपनि खालको भ्रममा नपर्न सदस्यहरुमा आग्रह समेत गरेको छ ।

बैठकमा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, प्रेस संगठनका केन्द्रीय सदस्य गोविन्द शर्मा, प्रदिप वाग्ले, केन्द्रीय आयोगका सदस्य सिराज खान, सुशील शर्मा, अग्रज पत्रकार भिम रावत, संगठनका प्रदेश सदस्य राजेश आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »