सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जन्मदिनमा बिमा उपहार

नेपालगञ्ज, जन्मदिनमा अनावश्यक खर्च गरेर मनाउने चलनलाई चिर्दै बैजनाथ गाउँपालिका १ निवासी बिरेन्द्र बुढा र उहाँकी धर्मपत्नी शोभा पाठकले आफ्नो पहिलो सुपुत्र शुविज्ञ बुढाको जन्मदिनको उपलक्ष्यमा २५ लाखको बिमा उपहार दिनुभएकोछ ।

नेपालगन्ज ११ बस्दै आएका उनीरुले सोमबार युनियन लाईफ इन्स्योरेन्स कम्पनिको १७ बर्से बाल साबधिक जीवन बिमा गरेका हुन् ।

कम्पनिका शाखा प्रमुख उत्तम ढकाल, स्टार एजेन्सी मेनेजर बिमल ढकाल, एजेन्सी मेनेजर अर्जुन शाहीले सो दम्पतीलाई खादाओढाई कम्पनिको लोगो अंकित केक काटी सो दम्पतीलाई सम्मान गर्नुभएको थियो ।

बिमालेख हस्तान्तरण कार्यक्रममा बोल्दै युनियन लाईफका बिमा रत्न समेत रहनुभएका बिमल ढकालले बच्चाको बुवा आमाले गरेको बीमा कार्यबाट अन्य परिवारले अनुशरण गर्नु पर्ने बताउनुभयो ।
उक्त बिमालेखमा, किस्ता छुट र मासिक आय सुबिधा रहेको छ । बिमित बालकले बिमांक २५ लाख र १७ बर्षको आर्जित बोनस एकमुष्ट प्राप्त गर्ने शाखा प्रमुख ढकालले जनाउनु भयो । सुविज्ञ १८ बर्सको हुँदा पाउने हुँदा, उच्च शिक्षा हाँसिल गर्दा धेरै नै उपयोगी हुनेछ ।

बिमा योजनामा दुई बर्ष पश्चात् चुक्ता मूल्य, कर्जा र समर्पण मुल्यको सुबिधा उपयोग गर्न पनि पाउने कम्पनीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »