सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे संसदीय दलकाे नेता प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहले पार्टी संसदीय दलको नेता परिवर्तन भएको जानकारी संघीय संसद् सचिवालयमा गराएको छ। आइतबार दिउँसो संसद सचिवालयमा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले दलको नेता परिवर्तन भएको जानकारी संघीय संसदका महासचिव डा. भरतराज गौतमलाई गराएका हुन्।

महासचिवको कार्यकक्षमै पुगेर प्रचण्ड-नेपाल समूहका नेताहरुले यस्तो जानकारी गराएका हुन्। शुक्रबार बसेको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको दाबी गरेको छ। सोही जानकारी संसद सचिवालयमा गराइएको नेताहरुले बताएका छन्।

पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक साँझ ४ बजे बस्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड(नेपालले गरेका छन्।

संसद सचिवालयले भने उक्त सूचना दर्ता गर्न अस्वीकार गरेपछि प्रचण्ड–नेपाल पक्षले सांसदको हस्ताक्षर प्रमाणिकरण गर्ने तयारी गरिरहेको छ ।

दाहाल नेपाल पक्षले शुक्रबार आयोजना गरेको दलको बैठकमा १११ उपस्थिती र अन्य ४ जना योगेश भटटराई, चक्रपाणि खनाल, कृष्णवहादुर महरा, मेटमणि चौधरीलगायत उपस्थित हुन नसकेका जनाउँदै आफ्नो पक्षमा ११५ सांसद रहेको दावी गरिएको छ। ओली पक्षले पनि शनिबार बालुवाटारमा वोलाएको दलको वैठकमा आफनो पक्षमा ११५ सांसद खुलेको र सहभागी भएको दाबी गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »