सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल वडा नं. ६ मा १४० जना जेष्ठ नागरिकहरूलाई काेराेना विरूद्धकाे खाेप

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठूलो पर्सेलमा जेष्ठ नागरिकहरुका लागि कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ । ७६ जना महिला र ६४ जना पुरुष गरि १४० जनाले कोर‍ना बिरुद्धको खोप लगाएको वडाध्यक्ष बिकुलाल मोक्तानले सारा खबरलाई जानकारी दिएको छ ।

कार्यक्रममा तेमाल गाउँ पालिकाको स्वास्थ इन्चार्ज शिवहरी पाठको टोलीको सहभागीता रहेका थिए । यसैगरी कोरोना बिरुद्धको खोप अभियान अन्तरगत हिजो वठा नं. ९ मा ८९ जना जेष्ठ नागरिकलाई खोप लगाएको स्वास्थ ईन्चार्ज शिवहरी पाठकले जानकारी दिएको छ । यसरी नै वडा नं. 7,5,4,3,2,1 मा गएर खोप लगाउने अभिान खोप तालिका अनुसार निरन्तर चलिरहने भएको हुनाले ती वडाका सबै जेष्ठ नागरिकलाई यो सुवर्ण अवसर नगुमाउनका लागि स्वास्थ ईन्चार्ज पाठकले अनुरोध गरेको छ ।

ठूलो पर्सेल वडा नं. ६ का वडाध्याक्ष बिकुलाल मोक्तानले प्रेत्यक टोल टोलबाट स्वास्थ केन्द्रसम्म अाउन जानका लागि गाडीको व्यवस्था गरेको हुनाले कोही पनि यो खोप लगाउने अपसरबाट बञ्चित हुनु नपरेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »