सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विद्यालय भवन उद्घाटन कार्यक्रमलाई रोशी गा.पाको जनप्रतिनिधि र कर्मचारीले किन गरे अबहेलना

काठमाडौँ । फागुन २९ गते शनिबार काभ्रेको रोशी गाउँपालिका वडा नं. ८ किर्दासमा निर्माण भएको पक्की भवनको उद्घाटनको क्रममा रोशी गाउँपालिकाको जनप्रतिनिधि र कर्माचारी कोहि पनि देखा परेनन् तरपनि कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो ।

बागमती प्रदेशको साँसद चन्द्र लामाको प्रमुख आतित्थ्यतामा विद्यायल भवनको उद्घाटन भएको थियो । आयोजकले कार्यक्रम प्रचार–प्रसार गर्ने बेलामा विशेष अतिथिको रुपमा रोशी गाउँपालिकाको अध्यक्ष डिभि लामाको नाम सार्वजनिक गरेता पनि उहाँको उपस्थिति हुन सकेन । यसै गरी शिक्षा शाखाको इन्चार्ज राम बाहदुर लामाको पनि उपस्थिति थिएन । कार्यक्रम संयोजक तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष संगम लामाले अन्तिम समयसम्म खबर गर्दा पनि उहाँ उपस्थित हुन सकेन । सारा खबरको प्रतिनिधिले वास्तविक बुझ्दा रोशी गाउँपालिकाको प्रशासकिय अधिकृतको टोलि सहित सम्पुर्ण कर्मचारी बनभोज खाना गएको जानकारी प्राप्त भयो ।

पालिकाको विद्यालय भवन उद्घाटन कार्यक्रममा शिक्षा शाखाको इन्चार्ज सहित सबै बनभोजमा रमाउन जाँदा रोशी गाउँपालिकाको जनताले र विद्यार्थीले अब के सोच्लान् । त्यहाँको जनताले के प्रश्न गर्लान् । यसमा रोशी गाउँपालिकाको अध्यक्ष डिभी मोक्तानको निर्देशन हो वा जानी जानी विद्यालय उद्घाटन कार्यक्रममा उपस्थिति नहुने योजना हो । यसरी शंका गर्नु प्रर्ने कारणहरु त्यहाँ धेरै पाएको छ । वडा अध्यक्ष मिकास जित लामाको पनि उपस्थिति रहेन । के उहाँ पनि वडाको विद्यार्थीको उज्जल भविष्य प्रति पुर्ण जिम्मेवारी नभएको नै हो त या राजनीतिक इश्र्यको कारणले उपस्थिति नभएको हो ?

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष संगम लामाले अन्तिम समयसम्म उपस्थितिका लागि बारम्बर फोन गरिरहदा शिक्षा शाखाको इन्चार्ज राम बाहदुर लामाले बनभोज कार्यक्रम छोड्न नसकिने जानकारी दिए पछि सारा खबरको प्रतिनिधिसँग दुखेसो पोख्दै यसो भन्नु भयो । “खै के भन्नु । विद्यालय जस्तो पवित्र स्थानको कार्यक्रममा आउन छोडेर बनभोजमा रमाउन जाने भने पछि हाम्रो रोशीको शिक्षा अवस्था कस्तो होला ? ल पालिका अध्यक्ष पार्टीको कार्यक्रमले आउन सकेन ठिकै भो तर कम्तिमा विभागीय कर्मचारी त आउन सकिने थियो ? ”

सारा खबरको प्रतिनिधिले यो विषयमा बुझ्नका लागि रोशि गाउँपालिकाको अध्यक्ष डिभी मोक्तानसँग फोन संपर्क गर्दा उहाँले फोन उठाउनु भएन । पटक पटक फोन गरेर जानकारी लिन खोज्दा पनि फोन नउठे पछि कतै वडाको विद्यालय भवन उद्घाटन र शिक्षा प्रति उहाँ आफै पनि जिम्मेवारीबाट पन्छिएको हो कि भन्ने देखिएको छ । यदि नेकपा एमालको साँसद प्रमुख अतिथि भएको कारणले नै त्यहाँ रोशी गाउँपालिको जनप्रतिनिधि र कर्मचारी कोही पनि उपस्थिति नभएको हो भने यो प्रतिशोधको कारणले नै उपस्थिति नभएको हो भन्न सकिन्छ र त्यो वातावरण पालिका अध्यक्ष डिभी मोक्तानले सृजना गरेको देखिन्छ ।
कार्यक्रममा रष्ट्रिय युवा संघको उप–महासचिव योगेन्द्र लामा, नेपाल चलचित्र द्घन्द कलाकार संघको पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ट द्घन्द निर्देशक, नेपाल क्याकिस्योन कारतेको ३ पटकसम्मको गोल्ड मेडल जित्न सफल सुर्य थोकर, सामुदायिक विद्यालयक व्यवस्थापन महासंघ नेपाल बागमती प्रदेश कमिटीको सदस्य पार्वती खड्का लगाएत समाजेवी, बुद्घिजीविहरु विशिष्ट अतिथि र अतिथिको रुमा उपस्थिति रहेका थिए ।

विद्यालय भवनको उद्घाटन कार्यक्रममा २०४५ साल देखि विद्यालयलाई योगदान पुर्याउने पूर्व प्र. अ. , पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र शिक्षक शिक्षिकाहरुलाई प्रमुख अतिथि तथा बागमती प्रदेशको साँसद चन्द्र लामाले सम्मान गरेका थिए भने जेष्ट नागरिकलाई पनि सम्मान गरेको थियो ।

सम्मानित व्यक्तिहरु
१. जेष्ठ नागरिक बाबू लाल तामाङः(८६ वर्षको)


२. कुन्साङ लामाः सस्थापक अध्यक्ष,
३. कर्म सिं लामाः मरणोपरान्त सम्मान
४.स्वर्गी छत्र बाहदुर लामा
५. स्वर्गीय तीर्थबाहदुर लामा
६. तर्क बाहदुर लामा

७. राजेन्द्र प्रसाद अधिकारी ः पूर्व शिक्षक तथा पूर्व प्र. अ.
८. हरिबोल खतिवडा ः पूर्व शिक्षक तथा प्र.अ.
९. बलराम खतिवडा ः पूर्व शिक्षक तथा प्र.अ.
१०. धर्मलाल मैमानली ः वर्तमान प्र. अ.
११. सानू कुमारी लामाः शिक्षक,
१२. रोज बहादुर लामाः शिक्षक,
१३. तिर्थ राज थिङः मंगल जनविजय मावि अध्यापन, पूर्व शिक्षक
१५. सर्मिला पाण्डे ः इन्द्रोदय अधारभूत खार्पाचोकमा अध्यापन, पूर्व शिक्षक
१६. निरमाया लामा ः शिक्षक,

भर्खरै

सम्बन्धित खबर

Language »