सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता उत्साहजनक छ : ङिमा दिकि शेर्पा

काठमाडौं। पर्यटन व्यवसायिहरुको छाता सङ्गठन टानले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राजधानीमा एक कार्यक्रम सम्पन्न गरेको छ। टानका कार्यसमिति सदस्य तथा विदेश विभाग प्रमुख ङिमा दिकि शेर्पाको संयोजकत्वमा पर्यटन उद्योगमा महिलाहरुको भुमिकाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वराज्यमन्त्री याङ्किला शेर्पाले पर्यटन क्षेत्रमा महिलाहरुको योगदान महत्वपूर्ण रहेको बताइन्। उनले पुरुष प्रधान देशमा महिलाहरुलाइ हेर्ने र उनिहरुले गरेको कार्यको सहि मुल्यांकन गर्न नसकेको भन्दै दुख व्यक्त गरिन्। कार्यक्रममा पर्वतारोही तथा वरिष्ठ पर्यटन व्यवसायि ङिमि शेर्पाले राज्यले नदेखे पनि महिलाहरु आफैँ हिम्मतका साथ अग्रसर भएर अघि बढिरहेको बताइन्।

शेर्पाले बिगतमा आफूले पर्यटन क्षेत्रमा भारी बोकेर संघर्ष गरेर आएको स्मरण समेत गरिन्। उनले पर्यटन व्यवसायिहरुको सबैभन्दा ठूलो संस्था टानले नारी दिवसको अबसर पारेर महत्वपूर्ण कार्यक्रम राखेको भन्दै आयोजक टानलाई धन्यवाद व्यक्त गरिन्। संयोजक शेर्पाले पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता राम्रो भए पनि फ्रन्ट लाइनमा देख्न नसकेकोमा दुख प्रकट गरिन्। उनले सम्पुर्ण महिलाहरुलाई खुलेर प्रस्तुत हुन सुझाव दिइन्।

सयौं व्यवसायिहरु उपस्थित भएको उक्त कार्यक्रममा अध्यक्ष खुम सुवेदीले कोरोनाका कारण पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए। उनले कोरोनाका कारण पर्यटन क्षेत्रमा पुगेको क्षतिलाई राज्यले सम्वोधन नगरेको भन्दै आक्रोस समेत व्यक्त गरे। कार्यक्रममा पाटा हेड क्वार्टरका नवनिर्वाचित सचिव तथा कोषाध्यक्ष सुमन पाण्डेलाई बधाई ज्ञापन गरिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »