सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माधव नेपाल, झलनाथ खनाल समुहकाे कार्यकर्ता भेला शुरू

काठमाडौं । नेकपा एमालेको माधव(झलनाथ समूहको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेलाको अध्यक्षता नेता झलनाथ खनालले गरेका छन् । भेलामा एमालेका ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुको उपस्थिति रहेको छ।

यो समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो। सर्वोच्चको फैसलापछि केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको यो समूहको आरोप छ।

अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रुपमा खारेज गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्दै आएको यो समूहको कार्यकर्ता भेलाले उनलाई दबाब दिने बताइएको छ।

भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, केन्द्रीय कमिटीका पूर्वसदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वसांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, सम्पर्क कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी भएका छन्। भेला भोलीसम्म जारी रहनेछ।

गुटको भेला गर्नेहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अराजकता, अनुशासनहीनता र उच्छृंखलतालाई छुट नभएको बताएका छन्। विधि विधानविपरीत हिँड्न खोज्नेलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्री ओलीले दिएका छन्।

पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। ओलीले २८ फागुनमा एकलौटी रूपमा आफ्ना पक्षका नेताहरूको जिम्मेवारी खोस्ने, केन्द्रीय कमिटीमा नेताहरू थप्नेलगायत निर्णय गरेको भन्दै नेपाल र खनाल पक्ष आक्रोशित देखिएको छ। उनीहरूले मंगलबार ओलीले आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गरेका छन्। ओलीले नेपाल र खनाल पक्षका नेतातर्फ संकेत गर्दै एमालेमा बसेर अराजकता मच्चाउने छुट अब कसैका लागि पनि नभएको बताएका हुन्।

‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने रु लोकतान्त्रिक मूल्य मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलव छैन। अहंकार स्वेच्छाचारिता। अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्। निहुँ खोजिरहेका छन्’, ओलीले भने, ‘७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। उहाँहरू भोलि राष्ट्रिय भेला बोलाउने राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे। राष्ट्रिय भेलाबाट के–के समानान्तर कमिटी बनाउने अरे। समानान्तर होइन अर्को कमिटी बन्ला। कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ रु’

तर, यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलताजस्ता कुराहरू, विधि विधानविपरीतका कामकारबाहीहरू, पार्टीको एकताविरोधी क्रियाकलापहरूमा छुट नहुने ओलीले स्पष्ट पारे। ‘ती कुराहरू मान्य हुन सक्तैन। त्यस्ता कुराहरूलाई हामी सहेर बसिरहन सक्दैन। पार्टीलाई पार्टीको रूपमा चल्न नदिने। भाँडभैलो मच्चाउने। जहिले पनि भाँडभैलो मच्चाउने कुरा चाहिँ हुन सक्तैन’, ओलीले भने।

नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेताहरु

नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेताहरु समेत उपस्थित भएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्‍चमा उपस्थित भएका हुन् । कार्यक्रम सञ्‍चालक सुरेन्द्र पाण्डेले उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन्।

यस्तै भेलाका लागि विभिन्‍न जिल्लाबाट नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले २८ फागुनमा एक्लौटी निर्णयमार्फत विधान संशोधन गर्नुका साथै आफूइतरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »