सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्मार्ट मोबाईल ईन्स्टिच्युट मोबाइल ट्रेनिङ संचालनमा


नेपालगञ्ज, नेपालगञ्जमा बुधवारदेखि स्मार्ट मोबाईल इन्स्टिट्यूट मोबाइल ट्रेनिङ सेन्टर संचालनमा आएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष वाहिद मन्सुरी (चुन्ना )ले एक कार्यक्रमकाबीच मोबाइल ट्रेनिङ सेन्टरको उद्घाटन गर्नुभएको छ ।


खालिद कुरेशीले संचालनमा ल्याएको उक्त मोबाइल ट्रेनिङ सेन्टर नेपालगन्जको सेतु विक चोक नजिकै खुलेको छ । मोबाइल ट्रेनिङ सेन्टरको उद्घाटन गर्दै संघका अध्यक्ष चुन्नाले अत्याधुनिक र स्मार्ट सामानसहितको ट्रेनिङ सेन्टरले विश्वसनिय र उच्च प्रविधिको सेवा दिन सुझाव दिनुभयो ।
उहाँले गुणस्तरीय जनशक्ति उत्पादनका लागि त्यही खालको शिक्षा जरुरी रहेको उल्लेख गर्नुभयो ।
शिक्षा, स्वास्थ्यका क्षेत्रले नेपालगन्जले फट्को मार्दै गएकाले प्रविधिको समेत विस्तार हुनु सुखद भएको चुन्नाको भनाइ छ ।


उद्योग वाणिज संघका पुर्ब अध्यक्ष नन्दलाल बैश्य र संघका महासचिब चिरञ्जीवी वलिले शुभकामना दिनु भएको उक्त उद्घाटनमा बोल्दै संचालक खालिदले अव गुणस्तरीय र अत्याधुनिक सिकाइका लागि भारतीय बजार जान नपर्ने बताउनुभयो ।


उहाँले बेसिक, एडभान्स र आइफोनलगायतका कोर्ष संचालनमा छन् । बेसिक तीन महिनाको कोर्ष भएको उहाँको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »