सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ चलचित्र “तिङ्ला पुजु” चैत्र ०७ गते भक्तपुरको बाराही मुभीमा

काठमाडौँ । तामाङ चलचित्र “तिङ्ला पुजु” चैत्र ०७ गते भक्तपुरको बाराही मुभीमा च्यारीटी शो हुने भएको छ । नायक रोशन तामाङ थिङ र नायिक अभिना गोलेसँग सारा खबरको प्रतिनिधिले गरेको संवादको क्रममा मकवानपुरको हेटौडामा सफल च्यारीटी शो पछि भक्तपुरको बाराही मुभीमा प्रदर्शन गर्न लागिएको जानकारी दिएका छन् ।

दाजुभाईको अंश बण्डालाई लिएर निर्माण गरेको तामाङ चलचित्र “तिङ्ला पुजु” सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा सन्देश मुलक भएको नायक रोशन तामाङले बताएको छ । नायिका अभिना गोलेको यो पहिलो चलचित्र हो । उनीले रङगीन दुँनियामा तामाङ समुदायमा भएको नायिकाहरुले जस्तै चर्चा कमाउन प्रवेश गरेको बताइन् । यो चलचित्रमा जय स्याङतान र कल्पना वाइवाको पनि भुमिका रहेको छ भने कमल रुम्बाको कथा रहेका छन् । सुदिपा स्याङतानको लगानीमा निर्माण भएको यो तामाङ चलचित्रले तामाङ समुदायको मन पराउनेमा विश्वास्त रहेको नायक रोशन तामाङले बताए । यसैगरी नायक रोशन तामाङ थिङ भन्छन् । “मैले यो चलचित्रमा राम्रो अभिनय गरेको छु । यदि यो चलचित्र पनि चलेन भने म यो फिल्मी क्षेत्रबाट टाडा रहेर गाउँमा भारी बोकेर पसिना भगाउन जाने छु तर मलाई आशा छ मेरो दर्शकहरुले मलाई माया गर्नु हुने छन् । हलसम्म आएर फिल्म हेरिदिने छन् भन्ने मैले आशा लिएको छु ।

लकडाउन पछि प्रदर्शनको तयारीमा रहेको तामाङ समुदायको यो पहिलो चलचित्र हो । बाराही मुभी हल अहिले पनि बन्द अवस्थामा नै छन् तर पनि “तिङ्ला पुजु” चलचित्रको च्यारीटी गर्न लागेको छन् । भक्तपुरमा तामाङ समुदायको बाक्लो बसोबास रहेको शहर हो त्यसकारणले पनि बाराही मुभीमा तामाङ चलचित्र प्रदर्शन गर्दा हल भरीभराउ हुने गर्दा छ ।

यो तामाङ चलचित्र चैत्र १४ गते बनेपाको शुभकामना हलमा देखाउने तयारी पुरा भएको पनि जानकारी दिएको छ । “तिङ्ला पुजु” चलचित्र कस्तो बनेको छ हेरेपछि नै थाहा हुने छन् तर चैत्र ०७ गते भक्तपुरको बाराही मुभीमा “तिङ्ला पुजु” चलचित्र हेर्न भने नछुटाउनु होला ।

नायक राेशन तामाङ र नायिक अभिना गाेलेसँग गरेकाे कुराकानी

भर्खरै

सम्बन्धित खबर

Language »