सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा फुटको अवसर लुट्दै काभ्रेमा नेपाली कांग्रेस, ५४ जना यूवाहरु नेकपा छाडेर कांग्रेसमा प्रवेश

काठमाडौँ । नेकपा फुटको अवसरमा नेपाली कांग्रेसले मौकाको फाइदा लिदै पार्टी प्रवेशको कार्यक्रमलाई तिव्रता दिइरहेका छन् ।

नेपाली कांग्रेस काभ्रेले शुक्रबार काठमाडौको एक पाटी प्यालेसमा पार्टी प्रवेश कार्यक्रम तथा चियापन कार्यक्रम आयोजना गरेका थियो । उक्त कार्यक्रममा काभ्रेको रोशी गाउँपालिका वडा नं. ९ बाट नेकपा एमाले र माओवादी पाटी परित्याग गरि ५४ जना यूवाहरुले नेपाली कांग्रेस प्रवेश गरेका छन् । जस्मा नेकप माओवादीको जिल्ला सदस्य तुलशा बहादुर सुन्दास लगाएत नेकपाका सक्रिय युवाहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि युवा नेता प्रदिप पौडेलले सदस्यता कार्ड वितरण गरेका थिए भने संविधान सभा सदस्य तिर्थ बहादुर लामाले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

संविधान सभाको सदस्य तथा विशिष्ट अतिथि तिर्थ बहादुर लामाले संसारको कुनै पनि देशमा लोकतान्त्रिक विधिबाट शासन चलेको हुनाले नेपालमा नेकपा (एमाले)को अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको एकल सर्वसत्तावादको कारणले जनताले दुःख पाएको बताउँदै यूवाहरु एक भएर आउदो चुनावमा नेपाली कांग्रेसको सत्ता निर्माण गर्नुपर्ने जिम्मेवारी आएको बताएको थियो ।

उहाँले भन्नु भयो । “हामी कोही पनि बिचारबाट बिचलित नभई पार्टीको विचार र सिद्घान्तमा हिडेमा कुनैपनि यूवाहरुले दुःख पाउने छैन । म तपाईहरुको हरेक सुख दुःखमा साथ रहने छु । मैले ४ हजारले मतले मात्र हारेको थियो । अब यूवाहरुको साथ र सहयोगले १० हजार भन्दा धेरै मतको अन्तरले काभ्रेमा नेपाली कांग्रेसको जित हुनेछन् ।”

पार्टी प्रवेश भएका यूवाहरुलाई स्वागत तथा बदाई दिदै प्रमुख अतिथि तथा नेपाली कांग्रेसको यूवा नेता प्रदिप पौडेलले अहिलेको प्रधानमन्त्रीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बसिरहने अधिकार नभएको बताएको छ ।


युवा नेता तथा प्रमुख अतिथि पौडेल भन्छन् । “नेकपाको सरकार अहिलेसम्मको सबैभन्दा असफल सरकार हो । प्रधानमन्त्री केपी ओलीले कुन चाहि नयाँ काम सम्पन्न गरेर नेपाली जनतालाई देखाएको छ । उखान र टुक्का भनेर मात्र देश चल्दैन । यूवाहरुलाई रोजगार सृजना गर्न सकेका छैनन् । समृद्धकाे नारा लगाएर मात्र देश समृद्ध हुन सक्दैन ।”

नेपाली कांग्रेस काभ्रे जिल्लाको सचिव दिनेश लामा, नेपाली कांग्रेस ठुलाे पर्सेलकाे यूवा नेता तथा विद्यार्थी नेता कविन्द्र मोक्तान, राज लामा, तेमाल सिं तामाङ लगाएत धेरै यूवा नेताहरुको उपस्थिति रहेका थिए भने राम योञ्जनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

भिडियाे हेर्न नभुल्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »