सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा भब्यताका साथ १३ औं जस्ने गौसुलवरा कन्फ्रेन्स सम्पन्न

नेपालगन्ज ,भब्यताका साथ १३ औं जस्ने गौसुलवरा कन्फ्रेन्स बिहीबार नेपालगन्जको फुल्टेक्रामा सम्पन्न भएको छ । इस्लामका विभिन्न पक्षबारे आम नागरिकलाई बुझाउन करिव एक दशक देखि फुलटेक्रामा यस्तो कन्फ्रेन्स हुँदै आएको छ ।


उक्त कन्फ्रेन्समा भारतको विभिन्न ठाउँबाट आएका मुस्लिम धर्म गुरुहरुले इस्लाम धर्मको आवश्यकता, महत्व र यस्ले दिने सन्देशकाबारेमा आ-आफ्नो धारणा राखेका थिए ।

मुस्लिम समुदायमा भाइचारा, सदभाव कायम गर्ने सवालमा भएका गतिविधि, इस्लामको महत्वबारे जानकारी आदानप्रदान गर्ने काम भएको हाजी रज्जब अलि अन्सारीले जानकारी दिनुभयो ।


नेपालगन्जको फुलटेक्रामा बर्सेनि हुने यस्ता कन्फ्रेन्सले इस्लामका विभिन्न आयामबारे छलफल, परामर्श र निचोड निकाल्ने काम गर्दै आएको हाजी अन्सारीले बताउनुभयो ।

कन्फ्रेन्समा मुख्य व्यक्तिको रुपमा मुकरिरे खुसुसी ,पिरे तरिकत रहबरे राहें शरिअत सैयाहे एशिया व युरोप उम्दतुल खुतबा हजरत अल्लामा मैलाना सैयद इरफान रसुल साहब किब्ला खानकाह नैनिताल उतराखण्ड , साथै जेरे निजामत हजरत हाफिज व कारी हस्सान रजा साहब किब्ला बरेली शरिफ, मुकरिरे जिशान हजरत मुफ्ती जफर नुरि ग्वालियर मध्य प्रदेश, त्यसैगरी शायरे हर दिल अजिज जनाब सन्दल जलाल पुरी अम्बेडकर नगर यु.पि, र शायरे हिन्दुस्तान बुलबुले मदिना जनाब अरसद इकबाल सिवान बिहारको सहभागीता रहेको थियो ।


उक्त कन्फ्रेसमा हाजी अन्सारीले आफ्नो व्यक्तिगत खर्चमा १५ मदरसाका ७५ जना अध्यनरत गरिब र विपन्न विद्यार्थीलाई कुर्ता पैजामाको कपडा समेत वितरण गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »