सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा कोइलाको अभाव भएपछि इँट्टा ब्यवसायी समस्यामा

नेपालगञ्ज,कोइलाको अभाव भएपछि इँट्टा ब्यवसायी समस्यामा परेका छन् । भारतबाट आयात हुने कोइला बन्द भएपछि बाँके, बर्दिया, दाङ, सुर्खेतका इँट्टा व्यवसायी मारमा परेका हुन् ।

भारतले कोइला ल्याउन रोक लगाएपछि यस क्षेत्रका इट्टा ब्यवसायी समस्यामा परेका हुन् ।
इँट्टाको सिजन भएकै बेला भारतले इँट्टा पकाउन प्रयोग हुने कोइला ल्याउन नदिएपछि तयार भएको काचो इँटा पकाउन नसकेको गणापुरस्थित सुमन इँट्टा उद्योगका व्यसायी सुमन अलिले बताउनुभयो ।

यसक्षेत्रका उद्योगीले इँट्टा पकाउनका लागि भारतको झारखण्ड र बङ्गालबाट कोइला ल्याउने गरेका छन् । भारत सरकारले कोइला अभाव भएको भन्दै कोइला ल्याउन नदिएपछि यहाँका उद्योगी तनावमा परेका हुन् ।


भारतले आफ्नो देशको मात्र नभई तेस्रो मुलुकबाट आउने कोइला समेत ल्याउन नदिएको व्यवसायीहरुको गुनासो छ । इँट्टा पकाउन प्रयोगमा आउने हुने ब्रिगेड समेत भारतले ल्याउन दिएको छैन् ।

‘उखु मिलबाट निस्केको फोहरबाट बनेको ब्रिगेड समेत भारतले ल्याउन नदिँदा समस्या भएको सुमन अलिले बताउनुभयो । भारतले ८ मार्च, २०२१ देखि कोइला ल्याउन नदिएको हो । । कोइला नपाउँदा करोडौं काचो इँट्टा बाहिर रहेको व्यवसायीहरुले बताउँछन ।


नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले पनि एक हप्तादेखि भारतबाट कोइला नआएको बताउनुभयो । कोइला बोकेका मालबाहक गाडी नआएपछि मात्र भारतले कोइला ल्याउन नदिएको जानकारी पाएको उहाँको भनाई छ ।

कोइला ल्याउन नपाए इँट्टाको मूल्य पनि बढ्न सक्ने संकेत उद्योगीले गरेका छन् । कोइला ल्याउन नपाए इँट्टा पकाउन सक्ने अवस्था छैन ।

इँट्टा पकाउन नसकिए बजारमा अभाव हुने छ । त्यसपछि इँट्टाको मूल्य बढ्ने पक्काजस्तै भएको छ । नेपाल ईट्टा ब्यबसायी सँघ बाँकेका अध्यक्ष जैनुल खानले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »