सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रशासनिक असहजताले बिकासका काममा केहि ढिलासुस्ती:प्रकाश अधिकारी

काठमाडौं । टोखा नगरपालिका र  का. म. पा. वडा नं ३ को संगम स्थल मा रहेको  महानगरीय प्रहरी प्रभाग तिलिङ्गटार धापासिको नवनिर्मित भवनको उध्घाटन कार्यक्रममा बोल्दै टोखा नगरपालिका का  प्रमुख (मेयर) प्रकाश अधिकारीले  केहि कानुनी  अड्चनले गर्दा  जनप्रतीनिधिले  चाहेको जसरी बिकास निर्माणको कार्यलाई अगाडी बढाउन नसकिएको बताएका छन् ।

चक्रपथको बिस्तार गर्ने क्रममा यो प्रभाग हटाउनु पर्ने भएपछी  स्थानिय सरोकारवाला  तथा समाजसेवी हरुको पहलमा यो भवन बन्न संभव भएको हो ।

प्रहरीको आफ्नै नाममा जग्गा  नहुँदा प्रहरीकार्यलय बाट बजेट बिनियोजन गर्न नमिलेको कारण स्थानिय स्तरबाटै यो  कामगर्नु  परेको शन्दर्भ लाई जोड्दै मेयर अधिकारीले स्थायिसरकारको रुपमा  कार्य  सम्पादन गरीरहेको कर्मचारी प्रशाशन  र  जनप्र्तिनिधि को  समन्वय को  अभावको  कारण पनि  काममा ढिला सुस्ती हुनेगरेको बताएका  छन्।

ग्रीन सिटी हस्पिटल का अध्यक्ष , चक्रपथ सरसफाई महाअभियानका  संयोजक तथा  समाजसेवि लोक बहादुर टन्डन को अध्यक्षतामा  गठन भएको  तिलिङ्गेटार बसुन्धारा प्रहरी प्रभाग निर्माण समिति को बिषेश  अगुवाई र बिभिन्न क्षेत्र मा  कृयाशिल सामजिक ब्यक्तित्व हरुको  सहयोगमा यो भवन  निर्माण भएको  हो  ।

समितिका  सदस्य नारायण प्रसाद उपाध्यायले  संचालन गरेको  कार्यक्रम मा  समितिका  अध्यक्ष लोक बहादुर टण्डन को  शभापतित्व ,टोखा नगरपालिका  प्रमुख प्रकाश अधिकारी को  प्रमुख आतिथ्य ,महानगरीय प्रहरी परीसर काठमाडौंका  प्रमुख अशोक सिं को  बिषेश आतिथ्य र  अन्य  बिभिन्न  समाजसेवि हरुको  आतिथ्य रहेको  थियो  ।

कार्यक्रममा  बोल्दै  परीसर प्रमुख अशोक सिं ले प्रहरी परीसरले  १२ बुंदे कार्ययोजना  बनाएर  आमनागरिकको  घर सम्म  जान लागिरहेको  बताएका  छन् ।  प्रहरी ले समयमै सुचना नपाउँदा अपराधिहरु फुत्कने भएकोले  आम नागरिकले  पनि  आफुलाई  बिना वर्दी को  प्रहरी सम्झेर  कर्तब्य पुरा  गरे यो  समाजको  आधा अपराध कम  हुने  पनि  बताएका  छन्।

कुल  लागत २१,८६,८७५ निर्माण भएको सो  भवन निर्माणका क्रममा  बिभिन्न सहयोग  दाता  हरु  बाट समेत  गरि २४,७०,१५२ उठेको छ  । यहि प्रसंगलाई कोट्याउदै नगरप्रमुख अधिकारीले  यसरी समिति  मार्फत भएका  काम  हरुमा  प्राय अन्तिम मा बजेट अपुग भएको  गुनासो  आउने  गरेकोमा  यहाँ बजेट बचाएर अर्को  काम गर्ने  योजना  बनाएको  मा  संपुर्ण समितिका  सदस्य हरुलाई कृतग्यता प्रकटगरेका थिए  ।

कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रहरी हवल्दार कुल बहादुर तामाङ्गलाई नगद रु १०,००० सहित  सम्मान गरीएको थियो  ।

भवन  निर्माण को लागि सहयोग  गर्ने  संस्था र  ब्यक्ति  हरुलाई सम्मान पत्र  प्रदान गर्नु  को साथै  शिलालेख मा  नाम समेत लेखि  भवन  मा  राखिएको  छ  ।

कार्यक्रममा अतिथि सत्कार  तथा  संयोजन  को  भुमिका मा  चक्रपथ सरसफाइ महाअभियान का  सकृय अभियन्ता यशोदा खत्री रहेकि थिइन्।

प्रनानि  चन्द्रकान्त अधिकारी ,भगवान के  सी ,कमला श्रेष्ठ  हिक्मत शेरचन  ,दुर्गेश न्यौपाने  ,सिताराम  काफ्ले  ,र  ठेकदार राजु  ढकाल ले समेत  यस निर्माण कार्यमा  महत्वपुर्ण भुमिका  निर्वाह गरेको  मा प्रशंशा पत्रले  सम्मान  गरीएको  थियो  ।

भर्खरै

सम्बन्धित खबर

Language »