सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व सांसद तीर्थ लामाको दुई रहस्यको पर्दाफास

काठमाडौँ । थोरै बोल्ने तर धेरै काम गर्न खोज्ने यूवा नेतामा नेपाली कांग्रेसको तीर्थ लामा पनि पर्दछ । संविधानसभा सदस्य तथा पूर्व सांसद भैइसकेका नेता तीर्थ लामा सबैलाई रुचाउन सक्ने क्षमतावान युवा व्यक्ति हो ।

चैत्र १४ गते शनिबार गायक मदन घलान र गायिक जीतु लोप्चनको आवाजमा रहेको “छुम्सी थान्वा माया”को म्यूजीक भिडियो सार्वजकि कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद तथा संविधानसभा सदस्य तीर्थ लामा रहेको थियो । कार्य व्यस्थताको कारणले उहाँले शुरुमा नै बोल्नु भएको थियो । धेरै सभा सम्मेलनमा ५ मिनेट देखि १० मिनेट सम्म मात्र बोल्ने पूर्व सांसद लामाले त्यस दिन करिब २० मिनेट बोल्नु भयो ।

कार्यक्रममा उहाँले राजनीतिक भाषण भन्दा पनि विगत र वर्तमानलाई ध्यानमा राखेर बोल्नु भएको थियो । पछिल्लो समयमा पूर्व सांसद तिर्थ लामाले पार्टीको गतिविधिलाई ध्यानमा राखेर विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने कार्यमा तिब्रता बढाएको छ । हुन २०७५ सालको संघीय चुनावमा ४१ सय मतको अन्तरले पराजित भएको लामाले आउँदो चुनावमा जीतको सुनिश्चिता गर्ने उदेश्यका साथ लागि परेका छन् ।

उहाँले मनतव्यको शुरुवात सांगीतिक अभिवादन शब्दबाट शुर गरेको थियो । भक्तपुरको अजिमा पटी प्यालेसमा भएको उक्त कार्यक्रममा काभ्रेका धेरै युवाहरुको उपस्थिति रहेका थिए । “छुम्सी थान्वा माया”को सन्दर्भमा यूरोप जाँदाको क्षणलाई सम्झदै यसो भनेका थिए । “कुनै एक समयमा म नेपाल छोडेर युरोप पुगेका थियौ । युरोपको पोर्चुगलबाट स्पेनसम्मको यात्राको क्रममा घटेको घट्नाले मलाई अहिले पनि मनमा घोचिरहन्छ । आजको यो म्यूजिक भिडियोको नाम “छुम्सी थान्बा माया”ले मलाई त्यो दिनको घट्ना तपाईहरुको माँझ सुनाउन मन लाग्यो । वास्तवमा माया भन्ने शब्द बडो अनौठौको हुँदै रहेछ । म पोर्चुगलबाट स्पेनसम्मको रेल यात्रामा थियो । रेलमा सयौं युरोपियनहरु सवार थियो । उहाँहरु सबै जना आ आफ्नै तालमा थियो । आ आफ्नै गीत संगीतमा रमिरहेका थिए । कोहि हाँसि रहेका थिए । म त्यत्तिबेला एक्लो थियो । म सँग बोल्ने न कोहि साथी थियो । न त मेरा इष्टमित्र । मलाई त्यो दिन मेरो काभ्रेको पाखापखेराले तान्यो । मेरो आमा बुबा, श्रीमती, इष्टमित्र, साथीभाई अनि विशेष त नेपालको मायाले तान्यो । म एक्लै रुए । मसँग युरो जति पनि थियो । मलाई पैसाको कुनै अभाव थिएन । तर मलाई मेरो काभ्रेको माटोले, नेपालको माटोको मायाले तान्यो अनि म पाँच वर्षसम्मको भिषा कार्ड र त्यसको केही समय पछि स्थायी कार्ड पाउने अवसर छाडेर नेपाल आए । माया त्यो हो । जहाँ आफ्नो पनको अभास हुन्छ । माया त्यो हो जसले देशको माटोलाई माया गर्छ । सायद त्यो मैले लुकाएर राखेको माया युरोपमा पुगेपछि देखिन थाल्यो ।”

यसरी उहाँले मायाको कुरा गरिरहदा उहाँको गला अवरुद्ध भएको थियो भने आँखामा आशु रसाएको थियो । यस्तै उहाँले अर्को एक अनौठो रहस्य पनि संवोधनको क्रममा खुलाएको छ । त्यसको लागि यहाँहरुले तलकाे लिङ्कमा राखिएको भिडियो हेर्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »