सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महाेत्तरीमा अज्ञात समूहले गाेली चलाउदा एक जना घाइते

काठमाडाैँ। जनकपुर, महाेत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् ।

जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्काे कोखामा लागेको आचार्यले बताए ।

गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।

कोइराला औरहीतर्फ गएको बेलामा बुधबार राति करिब ७ः३० बजेतिर उनीमाथि गोली प्रहार भएको एसपी आचार्यले बताए । उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »