सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश सांसद लक्ष्मण लम्साल जनता समक्ष गरेका प्रतिबद्धता पूरा गर्दै

काभ्रे (पाँचखाल) । बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्साल निर्वाचनमा जनता समक्ष गरेका प्रतिबद्धता पूरा गरेका छन् । लामो समयदेखि पानीको अभावले विभिन्न समस्या झेल्दै आएको जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ स्थित तिनपिप्ले,एकताबस्ती र पौडेलथोकमा सांसद लम्सालको पहलमा पानीको समस्या समाधान भएको छ ।

उक्त क्षेत्रको समस्यालाई समाधान गर्ने अठोट लिएर निर्वाचनको समयमा सांसद लम्सालले चुनावी ऐजेन्डामा उक्त समस्यालाई पनि समावेश गरेका थिए । निर्वाचनको समयमा आफूले उठाएको एजेन्डा र जनतालाई पानी दिलाउने दिएको विश्वास पूरा गर्न उनको पहलमा उक्त क्षेत्रमा डिप बोरिङ गरी पानी वितरण सुरु गरिएको छ । पानी वितरण भएसँगै दुई दशकदेखिको समस्या समाधान भएको हो ।

तिनपिप्ले एकताबस्ती पौडेलथोक डिपवोरिङ खानेपानी आयोजनाका लागि सांसद लम्सालको पहलमा बाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७६/७७ मा ५० लाख बजेट विनियोजन भएको थियो । विहिबार, उक्त आयोजनाको समापनको कार्यक्रमको उद्धघाटन सांसद लम्सालले गरेका थिए । आयोजनाबाट करिब ४ सय घरपरिवार लाभान्वित भएका छन् ।

कार्यक्रममलाई सम्बोधन गर्दै सांसद लम्सालले विकासनिर्माण र सामाजिक कार्य कुनै पार्टी विशषको नहुने स्पष्ट पारेका थिए। उनले आफुले चुनावको समयमा गरेको प्रतिबद्धता पूरा भएको हेर्न पाँउदा खुसी लागेको प्रतिक्रिया दिए। साथै बाँकि प्रतिबद्धता पूरा गर्न आफू निरन्तर लागी पर्ने बताए ।

पानीको अभावमा काकाकुल अवस्थामा रहेको बेलामा सांसद लम्सालले चुनावमा जनतासामु गरेका प्रतिबद्धता पूरा गरेको भन्दै उनलाई स्थानीयले धन्यवाद दिएका थिए । उनीहरुले सांसद लम्सालले जनताप्रतिको उत्तरदायित्व पूरा गरेको भन्दै खुशी समेत व्यक्त गरे।

उपभोक्ता समिति अध्यक्ष कल्पना श्रेष्ठले प्रदेशसभा सांसद लम्सालकै कारण वषौँदेखिको समस्या समाधान भएकोमा खुसी व्यक्त गरिन् । ‘हामीले चुनावको समयदेखि नै भन्दै आएका थियौँ । अहिले आएर पुरा भएको छ,’ उनले भनिन,‘अब दिनरात झेल्दै आएको पानीको समस्याबाट मुक्ति पाएका छौँ।’

भर्खरै

सम्बन्धित खबर

Language »