सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्वसभामुख कृष्णबहादुर महराद्वारा विज्ञप्तिः ‘तथाकथित आरोप’बाट मुक्त

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप अदालतले गलत सावित गरिदिएको बताएका छन् । जबरजस्ती करणी प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि आइतबार विज्ञप्ति जारी गर्दै ‘तथाकथित आरोप’बाट मुक्त भएको उनको भनाइ छ ।

महरालाई काठमाडौं जिल्ला अदालतले उक्त मुद्दामा आइतबार सफाइ दिएको थियो । त्यसलगत्तै उनी डिल्लीबजार कारगारबाट मुक्त भएका थिए ।

विज्ञप्तिमा महराले लेखेका छन्,’अन्ततः ममाथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ ।’ अनुसन्धानका क्रममा ३० दिन प्रहरी हिरासत र १०३ दिन पुर्पक्षका लागि डिल्लीबजार कारागारमा बसेको उल्लेख गर्दै महराले लेखेका छन्, ‘कारागारमा बसी तथाकथित आरोप खेपेको छु ।’

महराले आफूलाई तथाकथित आरोप लगाएको भन्दै आगामी दिनमा सक्रिय राजनीतिमा रहने संकेत गरेका छन् । सफाइ पाएको जानकारी संसद सचिवालयलाई भएपछि उनको निलम्बनमा परेको प्रतिनिधिसभा सदस्य पद पनि फुकुवा हुनेछ ।

प्रतिनिधिसभा सदस्यका हैसियतमा जारी महराले विज्ञप्तिको अन्तिममा लेखेका छन्,’एक देशभक्त नेपालीका रूपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।’

भर्खरै

सम्बन्धित खबर

Language »