सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जसपा लुम्बिनी प्रदेशको अन्तर कथा भित्र अशोक यादवको चर्चामा आउने फण्डा: सन्तोष कुमार पाण्डे

भैरहवा लुम्बिनी । लुम्बिनी प्रदेश जनता समाजवादी पार्टी नेपालको संसदीय दलको कार्यालयको वास्तविकता र विभिन्न मिडियामा आएको खवरको बीचमा असाध्यै धेरै बिरोधाभाष देखिएको  छ । जनता समाजवादी पार्टी का संसदीय दल का नेता सन्तोष पाण्डे ले  आजै एक बिज्ञप्ती जारी गर्दै यसो  भनेका हुन ।

जनता समाजवादी पार्टीको निर्माण (सपा र राजपा) मिलेर भएको हो। पार्टी एकीकृत हुनुभन्दा अगाडि राजपाको प्रदेश कमिटी र सपाको प्रदेश कमिटी अस्तित्वमा थियो ।तर पार्टीको एकीकरण पछि दुवै पार्टीको प्रदेश कमिटीहरू भङ्ग गरिएको थियो ।

नयाँ जसपाको हाल सम्म समायोजन भएको भनेको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति मात्रै हो अन्य समितिहरू समायोजन को प्रकृयामा नै भएको सन्दर्भमा लुम्बिनी प्रदेशको जनता समाजवादी पार्टीको संसदीय दलको सदस्य ६ जना मध्ये ४ जना अर्थात् दुई तिहाइ संसद द्वारा दलको असफल नेता सहसराम यादवलाई हटाई उनको ठाउँमा युवा नेता सन्तोष पाण्डे लाई बिधान अनुरूप संसदीय दलको नेता चुनी संसदीय दलमा बसि बिधिवत निर्णय गरि नेकपा एमालेको नेतृत्वमा रहेको माननीय शंकर पोखरेल मुख्यमन्त्री रहनुभएको प्रदेश सरकारमा सहभागी हुने बिधिवत स्वयत् प्रदेशको अभ्यास गरि गरेको निर्णयलाई बङ्याएर अनेकौं कुतर्क गरि दुस्सप्रचार गर्ने काम भएको छ ।

संसदीय दलको निर्णय अनुरूप सरकार मा सहभागी भएको बिषयलाई बिषयान्तर गरि स्वघोषित अध्यक्ष अशोक यादव र पार्टीको हितमा संसदीय दलमा केही उल्लेख्य काम गर्न नसकेपछि आफ्नै सहकर्मी साथीहरूद्वारा गलहत्याईएको असफल दलको नेता सहसराम यादव समेतको मिलेमतोमा पार्टीको नेताहरूलाइ बदनाम गर्ने गरि कुनै अर्कै प्रयोजनको लागि गरिएको हस्ताक्षरलाई दुरुपयोग गरि अविस्वास प्रस्तावमा हस्ताक्षर गर्यो भनेर बदनाम गर्नुको साथै मन्त्री मण्डलमा सहभागी भयो भनेर २४ घण्टे कार्वाहीको नौटंकि गरेको देखेर लुम्बिनी प्रदेश जसपा संसदीय दल अचम्मित भएको कुरा बिज्ञप्ति मार्फत जनाईएको छ । 

पार्टी एकताको मर्म र भावनामा समेत असरपर्ने गरि नेता कार्यकर्ता मा भ्रम छर्ने काम तत्काल बन्द गर्न तथा स्वघोषित अध्यक्ष अशोक यादव लगायतकालाई कुन हैसियत यी बचकना कुकर्महरू गरिरहेका हुन भनी पार्टी केन्द्र ले स्पष्टीकरण सोध्न समेत माग गरीएको छ ।

बैकल्पिकराष्ट्रिय शक्तिको रूपमा स्थापित जसपालाई भावनात्मक रूपमा एकताहुन नदिने विभिन्न तत्वहरू मध्ये नेतृत्व गरिरहेको अशोक यादव विरूद्द खेद प्रकट गर्दै लुम्बिनी प्रदेश जसपाको संसदीय दलको नेता तथा भैतिक मन्त्री सन्तोष  कुमार पाण्डेको हस्ताक्षरमा आएको बिज्ञप्ति ।

भर्खरै

सम्बन्धित खबर

Language »