सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महिला चेम्बरको आयोजनामा प्रोडक्ट प्याकेजिङ र ब्राण्डिङ सम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौं, नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको नेपाल महिला चेम्बरको आयोजनामा प्रोडक्ट प्याकेजिङ र ब्राण्डिङ सम्बन्धी कार्यशाला आज सम्पन्न भएको छ ।

 जिबिजी नेपालको सहयोग माझ कार्यशाला १४ मे शुक्रबार अपरान्ह २:३० देखी ४:३० बजेसम्म भर्चुअल प्लेटफर्म गुगल मिट मार्फत आयोजनामा आएको हो ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शकी कार्यकारीणी सदस्य समेत रहेकी नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले स्वागत मन्तव्य राख्दै विगत देखी नै महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमतालाई अभिब्रिद्धी गर्दै जाने योजना मुताबिक यस किसिमको कार्यशाला आयोजना गरिएको जानकारी गराईन् ।

साथै उनले ब्रान्डिङ र प्याकेजिङ प्रतिस्पर्धी उत्पादनको महत्त्वपूर्ण अंश भएकाले यस किसिमको कार्यशालाले उद्यमशिलता विकासमा टेवा मिल्ने धारणा राखिन ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले बिशेष गरि महिला उद्यमशिलता विकासका लागि प्याकेजिङ सम्बन्धी ज्ञानका लागि सहजीकरण गर्नुपर्ने आवश्यकता महशुश गरिकाले कार्यशालाको आयोजना गरिएको बताईन् ।

 साथै, उनले प्याकेजिङ र ब्रान्डिङ्ले बजारिकरणमा सघाउ पुर्याउने हुँदा यस कार्यक्रमलाई नेपाल चेम्बर र महिला चेम्बरले प्राथमिकतामा राख्दै आएको जानकारी दिइन ।

 प्याकेजिंगले विश्वव्यापी बजारमा प्राय: एक र अर्को उत्पादन बीचको भिन्नता दर्शाउने तथा प्रभावकारीता झल्काउने, ब्राण्डिङ गर्ने आदी काम भएकाले पनि हालको कोभिड १९ कहर माझ आयोजित कार्यशाला फलदायी हुने विश्वास उनले व्यक्त गरिन ।

कार्यक्रममा सहयोगी संस्था गुगल बिजनेश ग्रुपकी अदिति गोयलले ग्रुपको बिषयमा प्रकाश पार्दै व्यापार सफलताको लागी वेब टेक्नोलोजीहरुको बारेमा ज्ञानलाई साझा गर्ने हेतु व्यावसायिक पेशेवरहरुको समुदायका रुपमा रहेको जानकारी दिइन ।

कार्यशाला माझ प्रोडक्ट प्याकेजिङ ट्रेनर सुस्मिता थापाले प्रशिक्षण दिएकी थिईन् । थापाले प्याकेजिङको महत्व बारे कार्यपत्र प्रस्तुत गर्दै प्याकेजिङले प्रतिकात्मक रुपमा चिनाउने, ब्राण्डिङ गर्ने, उपभोक्तालाई जागरुक गराउने जस्ता कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै प्याकेजिङ गर्दा रङ्, अक्षर, सामाग्री आदीलाई ध्यान दिन जरुरी रहने उल्लेख गरिन ।

सो अवसरमा सहभागीहरुले उत्पादन बिशेष प्याकेजिङ कसरी गर्ने भन्ने बिषयमा जिज्ञासा राखेका थिए । कार्यशाला माझ उठेका सवाल उपर महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले प्याकेजिङ गर्दा खाद्य ऐन,अनुज्ञापत्र, लेबलिङ आदी बिषयमा ध्यान दिन आवश्यक रहने उल्लेख गरिन भने कार्यपत्र प्रस्तुतकर्ता सुस्मिता थापाले प्याकेजिङ सम्बन्धी विविध सवाल उपर जवाफ पेश गरेकी थिईन् ।

कार्यशालामा चेम्बर सम्बद्ध सदस्य एवम् महिला उद्यमीहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई निशुल्क रुपमा प्रशिक्षण दिईएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »