सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानवीय सेवामा समर्पीत – सञ्चालक पाठक


नेपालगञ्ज , उद्योगी÷ व्यवसायीले आफनो फाइदा मात्र हेर्छन् भन्ने धारणा समाजमा व्याप्त छ तर कतीपय उद्योगी यस्ता पनि छन्, जसले मानवीय सेवामा आफुलाई समपर्ण पनि गरिरहेका छन् ।

कोरोना संक्रमीतको प्रभावकारी उपचारमा अनीवार्य देखीएको अक्सीजन अभाव भइरहेका बेला सो को व्यवस्थापनमा सहयोग गर्नु आफैमा उच्च सेवाभाव हो ।

नेपालगञ्ज वडा न १७ परसपुर स्थित एचओ अक्सीजन इण्डस्ट्रिजले भेरी अष्पतालका लागि हरेक शनीबार निशुल्क अक्सीजन सीलीण्डर सहयोग गर्दै आएको छ । वडा अध्यक्ष समेत रहेका इण्डष्ट्रिजका सञ्चालक अजय पाठकले बैशाख १८ देखी जेठ १८ गते सम्म हरेक शनीबार ग्यास सीलीण्डर प्रदान गर्दै आउनु भएको छ ।

शनीबार अष्पतालमा खपत हुने सम्पूर्ण सीलीण्डर उद्योगले व्यहोर्छ । दैनिक ५ सय सीलीण्डर भेरी अष्पताललाई उपलव्ध गराउदै आउनु भएका पाठकले ३ वटा शनीबार गरेर ११३३ वटा ग्यास सीलीण्डर निशुल्क सहयोग गरिसक्नु भएको छ । प्रति सीलीण्डर ७५० का दरले अहिले सम्म ८ लाख ४९ हजार बराबरको सहयोग गरिसकिएको छ ।

सुर्य शक्तिसँगको सहकार्यमा दैनिक ९ सय सीलीण्डर उत्पदान भइरहेको पाठकले जनाउनु भयो । अक्सीजनको माग अत्यधिक, उत्पादन कम भइरहेका बेला व्यवसाय प्रवद्र्धन मात्र नभई विरामीको ज्यान जोगाउनु पर्छ भन्ने भावना जागृत भएर सक्दो सयोग गरिरहेको उहाँको भनाई छ ।

नेपालगञ्ज मेडीकल कलेजलाई ८०, बुटवल प्रादेशीक अष्पताललाई १००, दाङ १००, धनगढी र सुर्खेत ७०,७० वटा ग्यास सीलीण्डर पठाइदै आइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »