सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा कुर्मी वर्माद्वारा अन्जनी माता रसोईलाई खाद्यान्न सहयोग

नेपालगन्ज, कोरोना भाईरस (कोभिड–१९) को संक्रमितहरुको लागि साँझा बिहान खानाको व्यवस्था गर्दै आईरहेको मित्र मण्डल सुन्दरकाण्डद्वारा सञ्चालित अन्जनी माता रसोई घरलाई मानवीय कार्यमा समर्पित सहयोगी हातहरुको सहयोगको क्रम जारी रहेको छ ।


“कुर्मी वर्मा सहयोगी हात बाँके” द्वारा अन्जनी माता रसोई घरलाई आज शुक्रबार खाद्यान्न सहयोग गरिएको जानकारी गराउँदै कुर्मी वर्मा समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले आजबाट अन्जनी माता रसोई घरलाई सहयोग गरी शुभारम्भ गरिएको छ । आउने दिनमा सहयोग कार्यलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।


कुर्मी वर्मा सहयोगी हात बाँकेद्वारा जीरा मसिनो चामल ५ क्वीन्टल, अरहर दाल ५० किलो, पिठो ५० किलो, आलू १ क्वीन्टल, तोरीको तेल १० लिटर, आयोडिन नून २० पोका, गुड (भेली) ४० के.जी. र खानेपानी ५० पेटी (अक्षरेपी ६० हजार बराबर) भेरी अस्पताल प्राङ्गणमा सञ्चालित रहेको अन्जनी माता रसोई घरलाई सहयोग गरिएको डा. कौशल कुमार वर्माले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »