सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री बन्न बहुमत सांसदकाे हस्ताक्षर लिएर देउवा पुग्याे राष्ट्रपति कार्यलय

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

चार पक्षका १ सय ४९ सांसदको हस्ताक्षरसहित उनीहरु अहिले राष्ट्रपति कार्यालय गएका हुन्।

देउवासँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव र बाबुराम भट्टराई, र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत नेताहरु शीतल निवास पुगेका छन्।

चारपक्षीय छलफलमा सहभागी एक नेताका अनुसार उनीहरुले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी गर्न लागेका हुन्।

संसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका गरी १४९ सांसदको हस्ताक्षर जुटेको हो।

विपक्षी गठबन्धनको पक्षमा बहुमत पुर्‍याएर नयाँ सरकार गठन गर्नका लागि एमाले नेता नेपाल पक्षका २८ सांसदले हस्ताक्षर गरेका थिए।

‘हामीले २८ जनाको हस्ताक्षर गरेर नेता नेपाललाई बुझायौं, वहाँ त्यो लिएर चारपक्षीय छलफलमा जानुभयो,’ नेपाल पक्षका हस्ताक्षरकर्ता एक सांसदले जानकारी दिएकाे हाे ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »