सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपन्न महिलालाई व्यवसाय सञ्चालन गर्न विभिन्न सामाग्री वितरण

नेपालगञ्ज, बाँके युनेस्को क्लबले जिल्लाका पाँचवटा स्थानीय तहका अतिविपन्न युवा महिलालाई व्यवसाय सञ्चालन गर्न विभिन्न प्रकारका सामाग्री वितरण शुरु गरेको छ ।


प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा क्लबले सञ्चालन गरेको युवा रोजगार तथा उद्यमशिलता परियोजना (क्इथ्भ्भ्) अन्तर्गतका स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका युवा महिलालाई व्यवसायका लागि सामाग्री वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।


उहाँले व्यवसाय सञ्चालन गर्नकालागि ती महिलाहरुलार्ई किराना पसल, कस्मेटिक पसल, ब्युटिपार्लर र टेलारिंग पसल सञ्चालन गर्ने सामग्री वितरण गरिएको बताउनुभयो ।
आइतवार बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर र परियोजनाका संयोजक अनुप बर्मा लगायतलले सामाग्री वितरणको शुभारम्भ गर्नुभयो ।


जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका ३४ जना स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका ३४ जना युवा महिलालाई व्यवसाय सञ्चालन गर्नकालागि सामग्री वितरण गरिने उदेश्य अनुरुप वितरण शुरु गरिएको क्लबकका अध्यक्ष चौधरीले बताउनुभयो ।


सो परियोजना अन्तर्गत १६ जना महिलालाइ किराना सामग्री, १४ जना महिलालाई टेलारिंग सामग्री, ३ जनालाई कस्मेटिक पसलको सामाग्री र १ जनालाई ब्युटिपार्लरको सामाग्री हस्तान्तरण गरिने परियोजनाका संयोजक अनुप बर्माले बताउनुभयो ।


कोभिडका कारण आर्थिक अवस्था झनै कमजोर भएको बेला क्लबले प्रदान गरेको सामाग्रीबाट व्यवसाय गरेर पेट पाल्न सहज हुने सामाग्र्री पाउने महिलाहरुले जनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »