सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्जनी माता रसोईलाई कृष्णा कृषक समुहले हरियो तरकारी दैनिक उपलब्ध गराउने

नेपालगन्ज, “जहाँ आश हुन्छ त्यही निकास हुन्छ“ हाल कोभिड–१९ कोरोना भाईरसको महामारीका बीच सहयोगी हातहरूले माथि उल्लेखित भनाई सही सावित भएको छ ।


हामी आशावादी सदैव हुनुपर्छ, निकास आवश्य देखिन्छ । अन्जनी माता रसोई घरलाई हाल सहयोगी हातहरूले हातेमालो गरेकै हुँदा दैनिक ३ सय ५० बढी कोरोना संक्रमित र उनका कुरूवाहरूले साँझ–बिहान खान खाईरहेका छन् ।


केही समय अगाडि बिहानको छाक रू. २० र साँझको छाक रू. ८० मा खुवाउँदै आईरहेको अन्जनी माता रसोई सहयोगी हातहरूले हातेमालो गरेकै कारण हाल साँझ–बिहानको खाना रू. २० मै खुवाउने कार्य जारी राखेको देश मै पहिलो भान्सा घर हुन पुगेको छ ।
मानवीय सेवामा समर्पित अन्जनी माता रसोई घरलाई अझ सजिलो होस भनी आज आईतबार कृष्णा कृषक सहकारी समुहले १ सय ५० केजी फर्सी र ७० के.जी. आलु सहयोग गरेको समुहका अशोककुमार मौर्यले बताउनु भयो ।

आज गरिएको सहयोग कार्यक्रममा सुचना र मानव अधिकार केन्द्र (आई.एच.आर.सी.) नेपालगन्जको समन्वय तथा नेपालगन्ज सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्र र कृष्णा कृषक सहकारी समुहको लगानीमा अर्गानिक युक्त शुद्ध ताजा हरियो तरकारी खेतबाट सिधा अन्जनी माता रसोई घरलाई हप्ता व्यपी रूपमा उपलब्ध गराउने समुहका कृषक गुरूदीन यादवले बताउनुभयो ।


सहयोग कार्यक्रममा अन्जनी माता रसोई सञ्चालक जितेन्द्र सिंह ठाकुर, आईएचआरसीका अधिवक्ता विश्वजित तिवारी, नेपालगन्ज सामाजिक स्वास्थ सुरक्षा विकास केन्द्रका धर्मविर कंहार, कृष्णा कृषक सहकारी समुहका जयपाल मौर्य, कमलेशकुमार मौर्य, नेतराम मौर्यलगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »