सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सहयोगी हात हरुको प्रोत्साहन ले सामाजिक काम मा अझ उर्जा मिलेको छ : मानवको लागि मानव अभियान

काठमाडौं। बिगत १३ दिन देखि सडक मानव ,अति बिपन्न परीवार ,तथा अस्पतालका बिरामि कुरुवा  हरुलाई खाना र नास्ता ,सडकमा अग्रपंतिमा रहेर खटीने शुरक्षाकर्मी हरुलाई पिउने पानि को निशुल्क ब्यबस्था गर्दै आएको मानवको  लागि मानव  आभियान  लाई सहयोग आउने  क्रम  जारी नै  छ  ।

अभियानले अभियन्ता  सरस्वती काफ्ले को समन्वय र  नेपाल हेल्प का मिलन ढकाल को  पहलमा १० बोरा  चामल ,३ बाक्सा खाने तेल , दाल ,मसला हरु लगायत खाध्य सामाग्री प्राप्त गरेको छ । यो भन्दा  अगाडीपनि बालाजु  निवासि सन्जिव श्रेष्ठ ले १ बोरा चामल ,दाल तथा तेल  प्रदान  गरेका  थिए ।

स्थानिय महिला  तथा  समाजसेवि उषा सिंखडा को पहलमा  शारदा सिंखडा ,शुस्मा सिंखडा ,चुना सिंखडा ,नेत्रकुमारी तथा  बाबुराम सिंखडा ,कल्पना फुयाँल (पौडेल) ,साबित्री सिंखडा,सृजना सिंखडा ,बिष्णु कुमारी अंगाई ,राकेश महर्जन ,जानकी सिंखडा   ,कल्पना सिंखडाले यो अभियानलाई सहयोग  गरेको अभियन्ता हरुले बताएका  छन्  ।

अभियान मा आयोजक को रुपका रहेकी लिला खनालको पहलमा प्युठान घरभै हाल काठमाडौ माछा पोखरी बस्ने कृष्णादेबी खनाल, राकेश राजबहाक ,शिवराम महत ,शर्मिला महर्जन बाट सहयोग  प्राप्त भएको छ  भने हाल लिला खनालकै रेष्टुरेन्टलाई किचनको रुपमा प्रयोग गर्दै अभियान अगाडी बढिरहेको अभियन्ता  सरस्वती काफ्ले बताउछिन्।

त्यस्तै भक्तपुर निवासि मनु  मगर  , हात्ति गौडा का  रबिन  थपलिया  ,बालाजुका  लोक सिंखडा  ,म्हेपिका  राजु श्रेष्ठ , आम नेपाली टि भि का राजकुमार हुमागाईँ , श्याम  खनाल , नेप्सेम्याक सेवा प्रालि का एकराज  सुबेदी , कृष्ण हरी बुढाथोकी , शारदा श्रेष्ठ , दिक्षा थापा  , सबिना दाहाल, मधु रेग्मी , शन्तोष भन्डारी , शन्तोष गुरुङ , लगायत ले यो  अभियान लाई  सहयोग  गरेको अभियान का  आर्थिक  एबं प्रशाशन बिभाग  प्रमुख  दिपेन्द्र ढकाल ले जानकारी गराएका  छन्।

यसका साथै आफ्नो नाम  उल्लेख नगर्ने  शर्त मा  समेत  सहयोग  प्राप्त  भएको अभियानको संचार बिभाग हेर्ने मन्दिरा शर्मा पौडेल ले बताईन ।

अभियानलाई सफल बनाउन बालाजुका स्थानिय समाजसेवि च्याङ्बा तामाङ्ग ले पनि भरपुर सहयोग गरीरहेका छन् ।

निशुल्क  भोजनको कार्य  मात्र  गरेको  अभियानले  आज  बाट अर्को पृथक अभियान को पनि  शुरुवात गरेको   बताएको  छ  । आज  देखि दवाब मुलक राहत बितरण लाई प्रथमिकतामा  राखेको अभियान  लाई नेतृत्व गरीरहेका  युवा  अभियन्ता  हेम बहादुर खड्का ( राज )ले संचारकर्मी  हरुलाई जानकारी  गराएका थिए।

नयाँ मोडल अनुसार पिडित लाई सबभन्दा पहिला  १०३ मा  कल गर्न  लगाउने त्यसपछि  संबन्धित  स्थानिय सरकार  मा  संपर्क  गर्न  लगाउने  कतै बाट पनि राहत को ब्यबस्था  नभएमा  पिडितको घर सम्म  पहिलो चरण मा  खाना लिएर  पुग्ने र  दोश्रो चरण मा  केहि राहत  को  ब्यबस्था मिलाउन  पहल गरीने कार्यक्रम का  संयोजक  राज ले जानकारी गराएका  छन्  ।

भर्खरै

सम्बन्धित खबर

Language »