सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाशुपत क्षेत्र महाशिवरात्रीका लागि सिंगार्दै,

काठमाडाैँ । शुक्रवार महाशिवरात्री, करिब दश लाख भक्तजन सो दिन पाशुपत क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। महाशिवरात्रीको तयारी स्वरुप यतिखेर विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरलाई सजाउने काम भइरहेको छ।

गत वर्षहरुमा भन्दा यसपटक शिवरात्रीलाई फरक बनाउने उद्देश्य सहित फूलमालाले पशुपति क्षेत्रलाई सिंगार्ने काम भइरहेको पशुपति विकास कोषले जनाएको छ। वनकाली र जयवागेश्वरीबाट पशुपति जाने बाटोबाट लहरै मखमली फूलले सजाउने काम भइरहेको छ।

फूलहरु सजाउने दायित्तव विभिन्न संघसंस्थाले लिएका छन्। कोषका अनुसार फूलमाला सजाउने काम दाताहरुको सहयोगबाट भइरहेको हो।

फूलमालासँगै यसपटक पशुपति क्षेत्रलाई झिलिमिल्ली बनाउने तयरी भइरहेको छ। बाटोभरी लाइटहरु जडान भइरहेको छ।

पशुपति मन्दिर प्रवेश गर्ने मुख्यद्वारहरुलाई समेत नयाँ रुप दिने काम भइरहेको छ। हरिया फोमले शिवको आकृति सहितको नयाँ प्रवेशद्वार बनाइँदैछ।

यस्तै पशुपति पुग्नेहरुको लागि तस्विर खिच्नका लागि थ्रिडी सेल्फी प्वाइन्ट समेत बनाइएको छ।

‘यसपटक कोषको तयारी भव्य छ।’ मन्दिर परिसर पुगेका भक्तजनहरुको यसपटकको शिवरात्री भव्य हुने प्रतिक्रिया दिइरहेका छन्।

भक्तजनहरुलाई चारवटा लाइनबाट पशुपति मन्दिर प्रवेश गराउने र दुई घण्टा भित्र दर्शन गराउने योजनामा पशुपति विकास कोष छ। साँझ राष्ट्रपति विद्यादेवी भण्डारी समेत दर्शनका लागि पुग्नेछिन्।

भर्खरै

सम्बन्धित खबर

Language »