सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेष्ठ नागरिकको सम्मानमा कविता वाचन, सान्त्वना भएकाले पनि पाए पुरस्कार

काठमाडौँ । राष्ट्रिय जेष्ठ नागरिक कोष र नेशनल प्याव्सन काठमाडौको सयुंक्त आयोजनामा असार १ गते भर्चुअल माध्यमबाट विद्यालयस्तरीय कविता बाचन सम्पन्न भएको छ ।

काठमाडौँ उपत्यकाभित्रका करिव ७० वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री चन्दा चौधरी, राज्यमन्त्री रेणुका गुरुङ, समाजकल्याण परिषदका सदस्य सचिव पुष्कर खाती, नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष रितुराज सापकोटा, जेष्ठ नागरिक तथा पत्रकार भैरव रिसाल, जेष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्की, सदस्य सचिव धनु राई, पत्रकार, नेशनल प्याव्सन काठमाडौका अध्यक्ष खड्क बहादुर बस्नेत, नेशनल प्याव्सनकी ललितपुरका अध्यक्ष तारा सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

जेष्ठ नागरिकको दुर्व्यवहार विरुद्धको जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुले विद्यालय तहबाट नै जेष्ठ नागरिकप्रति गर्नुपर्ने उच्च सम्मान र आचरणको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । ‘

जेष्ठ नागरिक भनेका बोझ हैनन्, हाम्रा सम्पति हुन्’ भन्ने सन्देश फैलाउनुपर्ने सहभागीहरुले स्पष्ट पारेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवं कवि डा. देवी नेपाल, साहित्यकार एवं कवि अनिल पौडयाल, युवा कवि भोजराज न्यौपाने निर्णायक रहेका थिए ।

प्रथम विजेता भ्याली भ्यु स्कुल काठमाडौकी समृद्धि पोख्रेललाई ८ हजार रुपैंयाँ, द्धितीय हुने पूर्णचण्डी स्कुल ललितपुरकी सानिया लामालाई ६ हजार रुपैंंया, तृतीय हुने पिस प्वाइन्ट एकेडेमी लालितपुरका सुभम कार्कीलाई ४ हजार रुपैंया र ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सान्त्वनातर्फ ग्रीनफिल्ड नेशनल स्कुल काठमाडौकी सुस्मिचा सापकोटा, सेन्ट जेभिएर स्कुल ललितपुरका इभान पोख्रेल, पिक प्वाइन्ट स्कुल काठमाडौका सारिका लिम्बु र कामना आवासीय मावि काठमाडौका अर्पण सिग्देलले पनि नगद १ हजार रुपैंयाँ र ट्रफी तथा प्रमाणपत्र पाएको नेशनल प्याव्सन काठमाडौका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन् ।

सहभागी, अभिभावक तथा अन्य साहित्यकारहरु गरी करिव ६ सय जनाको सहभागितामा भएको उक्त कार्यक्रमका सभापति बसन्तराज कार्कीले आगामी दिनमा शैक्षिक कार्यक्रमहरुका साथै बालबालिकाको थप प्रतिभा विकास गर्ने प्रकारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

नेशनल प्याव्सन काठमाडौका सचिव अमृत खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »