सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभिड प्रभावित विपन्न बालबालिकालाई बाँके युनेस्कोद्धारा खाद्यान्न वितरण

नेपालगञ्ज, बाँके युनेस्को क्लबले जिल्लाको खजुराका कोभिड प्रभावित तथा अति जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरेको छ ।


प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत कोभिडले गर्दा प्रभावित भएका तथा अन्य विविध कारणले अति जोखिममा परेका १५ जना बालबालिकालाई खाद्यान्न वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

No description available.

उहाँले खजुरा गाउँपालिकाको वडा नम्बर ४ का बालबालिकालाई खाद्यान्न वितरण गरिएको बताउनुभयो ।
वडा नम्बर ४ को कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा ती बालबालिकालाई वडा नम्बर ४ का वडा अध्यक्ष तिलक विर सुनार र वडा सचिव सुरेश बहादुर खड्काले सो खाद्यान्न वितरण गर्नुभयो ।
वितरण गरिएको खाद्यान्नमा हरेकलाई २५ किलो चामल, ४ किलो मसुरोको दाल, २ किलो सिमिको दाल, २ लिटर खाने तेल र ३ किलो नुन वितरण गरिएको थियो ।

No description available.


सो अवसरमा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष सुनारले कोभिडले गर्दा अतिनै प्रभावित भै समस्यामा परेका बालबालिकालाई प्लान र युनेस्कोले खाद्यान्न वितरण गरेर धेरै ठुलो काम गरेको बताउनुभयो ।

No description available.


उहाँले वडा कार्यालयले पनि यो संकटको घडीमा आफ्नो वडाका जनतालाई बढी भन्दा बढी सुविधा दिने प्रयास गरिरहेको जनाउनुभयो ।
खाद्यान्न वितरणको कार्यक्रममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर शंकरसिंह थारु, सामाजिक व्यवहार परिवर्तन सञ्चार सहजकर्ता रन्जना विक र अभियन्ता मन्जुथापा मगरको पनि उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »