सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनताको मन जित्न सफल नेपालगंज उप- महानगरपालिका – ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना

नेपालगंज , जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना जनताको मन मनमा बसेका जनप्रतिनिधिका रुपमा चिनिन्छन् । बेहना निर्वाचित भएर आइसकेपछि वडामा बिकासको लहर नै ल्याएको वडाबासी बताउँछन् । नेपालगंज ४ सल्यानीबाग स्थित आधारभुत विद्यालयलाई कन्या माध्यमिक बिद्यालयको रुपमा निमार्ण गरी किशोरीहरुलाई सुरक्षित वातावरणमा पढ्ने वातावरण निर्माण गर्नु भयो ।


उक्त बिद्यालयमा ५ सय भन्दा बढी किशोरीहरु अध्ययन गरीरहेको स्थानीयहरुले बताए । बेहनाले शिक्षामा मात्र नभई स्वास्थ्यमा पनि उत्तिकै लागानी गरेका छन् । अध्यक्ष बेहनाले आफनो वडामा मन्दीर, मस्जिद लगायत धार्मिक स्थलहरुको निमार्ण र सौन्र्दयकरण गरेको स्थानीय बिकास क्षेत्रीले बताए ।

No description available.

नेपालगंज ४ को बस पार्क देखि सुर्जिगाँउ जोडने सडक अन्तरगत रहेको बस्तीहरुको शुक्रबार अनुगमन गर्दै उनले नाला निर्माण हुन बाँकी रहेको ठाँउहरुमा नाला निमार्ण र प्रगति नगरको रोडको नयाँ बजेटबाट निर्माण सम्पन्न हुने बिश्वास व्यक्त गरे ।
साथै बिकास सबैको साझा उपलब्धि भएकाले शिक्षा, स्वास्थ, खानेपानी लगाएत पुर्वाधार बिकासका लागि आफू सधैं तत्पर कृयाशिल रहेको बताए । वडा अध्यक्ष बेहनाले आफुले जनताको सेवाकै लागी राजनीतिक क्षेत्रमा सकृय भएको र जनताको बिश्वासमा नेतृत्व पाएकोले आफ्नो नेतृत्वमा वडाको बिकासले गति लिएको दाबी गरे ।

No description available.

स्थानीय सुरेश परियारले भने बास पार्क पछाडिको बस्तीलाई नर्कबाट स्वर्ग बनाएर वडा अध्यक्ष बेहनाले उदाहरणीय काम गरेको सुनाए । उनले भने वर्षातको समयमा हिडन नमिल्ने घरमा पानी पसेर तनाब लिनु पर्ने अवस्था थियो तर वडा अध्यक्ष बेहनाको सक्रियाताका कारण बासपार्कको बस्ती नमूना बनेको बताए ।

स्थानीय राजेन्द्र थापाले भने “देश र जनताको सदैव भलो चाहने व्यक्ति सत्तासिन होऊन् । सफिक बेहना जस्तै जुनसुकै दलका जुनसुकै व्यक्ति भए पनि व्यक्तिगत स्वार्थबाट माथि उठेर देश र जनताको कल्याण गरून् ।

सानो र सुन्दर हाम्रो देश नेपाललाई स्वर्गको टुक्रा बनाउन खोज्ने सफिक बेहना जस्ता व्यक्ति नै शक्तिशाली पदमा पुगून् ।” वडा भेला गर्नु पूर्व वडा अध्यक्ष बेहना टोल टोलको समस्या बुझन स्थलगत अनुगमन सुरु गरेको बताए । उनले भने विकास निमार्णमा राजनिति नगर्न र जनचाहना अनुरुप वडाले गर्ने विकासमा सहयोग गर्न सबै संग अपिल गरे ।


अनुगमन गर्न टोल टोलमा पुगेका वडा अध्यक्ष संगै स्थानीय नागरिक र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ऋषिराज देबकोटा, नगर कोषाध्यक्ष चाँद बाबु हल्वाई र राप्रपाका नेता सोनु हल्वाई लगायतको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »