सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बैजनाथले मनायो रोपाइ दिवस

बैजनाथ , बाँके जिल्लाको बैजनाथ गाउँपालिका कृषि शाखाको आयोजनामा मंगलबार रोपाइँ दिवस कार्यक्रम बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरी को प्रमुख आतिथ्यमा रोपाइँ दिवस कार्यक्रम सम्पन्न गरेको छ ।


मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल अतिथिहरु बैजनाथ गाउँपालिका २ का अध्यक्ष प्रेम बहादुर थापा वडा न ३ का अध्यक्ष राम चरण थारु वडा न ५ का अध्यक्ष मन बहादुर खत्री वडा न ७ का अध्यक्ष सिताराम थारु गाउँ कार्यपालिका सदस्य एवं आर्थिक बिकाश संयोजक लक्ष्मि थारु कार्यपालिका सदस्य पद्वमा रोकाय र बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा लगाएतको उपस्थिति रहेकोे थियो ।

No description available.


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रुचालले मानो रोपेर मुरि फलाउने दिन किसान दाजुभाइ हरुका लागि विशेष दिन भएको उल्लेख गर्नुभयो।स्थानीय स्तरमा युवाहरूलाई बिदेश पलाएन हुनुभन्दा स्वदेशमै कृषि कार्य गरेमा गाउँपालिका जमानत बसेर बैक मार्फत बिना धितो सौलियत कर्जा प्रदान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

No description available.


कार्यक्रमलाई समापन गर्दै कृषि शाखा प्रमुख बि क ले विश्वमै सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चाईना र विश्वमा धान उत्पादनका हिसाबले नेपाल १७ औं स्थानमा पर्ने बताउनुभयो । रोपाइँ दिवस तथा दहि चिउरा खाने दिनका रूपमा पनि यस्लाई लिने गरिएको छ।प्रमुख अतिथी द्वारा खेतमा रोपाइ गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »