सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बागमती प्रदेश सभाको कार्याविधि ऐन २०७५ अनुसार तेमाल गा.पा. को बजेट पारित

काठमाडौं । काभ्रेको तेमाल गाउँपालिकाले बागमती  प्रेदश सभाबाट प्रतिपादित जिल्ला/ नगर/ गाउँसभा संचालन (कार्यविधि ऐन २०७५) अनुसार गाउँपालिकाको बजेट पारित गरेकाे छ ।

तेमाल गाउँपालिकाकाे बजेट पारित गर्ने क्रममा विवादकाे कारणले अषार १० गते पारित हुनुपर्नेमा पालिकाले तेस्रो पटक बोलाएको १५ गतेको बैठकमा पनि सहमति हुन सकेको छैन ।

विपक्षी दल नेकपा (एमाले र माओवादी ) बाट निर्वाचित वडाध्यक्षहरुको कारण बजेट पारित हुन सकेको थिएन । पालिका अध्यक्ष सलाम सिं तामाङले पटक पटक असहमतिको बुदा सहित छलफलमा सहभागी हुन पत्रचार गरेतापनि उहाँहरु बैठकमा उपस्थिति हुन सकेको थिएन ।

अषार १५ गते बैठक बस्नका लागि तयारी गर्दा विपक्षी सदस्यहरुले अवरोध पुर्‍याएको थियो । केही समय पक्ष र विपक्ष बिच भनाभन भएको थियो ।

बिपक्षी दलका सदस्यहरुले पार्टीको विधि र पद्धतिमा पालिकामा बजेट पारित गराउन खोज्दा समस्या देखिएको हो ।
हामीले पालिका अध्यक्ष सलाम सिं तामाङलाई विवादको कारण के हो भनि प्रश्न गर्दा उहाँ भन्नुहुन्छ । “विवाद केही पनि छैन । मैले अषार १० गते नीति तथा कार्यक्रम मात्र पेश गरेको थियो। त्यो दिन उहाँहरु उपस्थित हुन सकेन । के कारणले उपस्थित हुन सकेन हामीलाई कुनै जानकारी दिएको छैन । यो मेरो अन्तिम कार्यकाल हो । कसैको मन दुखाएर बजेट पारित गर्नु छैन । सहमतिमा नै जाने हो ।

तेमाल गाउँपालिकाले बोलाएको अषार १५ गतेको तेस्रो बैठकमा पनि विपक्षी दलको सदस्यहरु उपस्थित नभएमा प्रदेश कानुन बमोजिम  स्वत पालिका अध्यक्ष र उपस्थित सदस्यहरुको संख्याको आधारमा बजेट पास हुने छन् ।

सडक खण्डको नामाकरणबाट विवाद भएको तेमाल गाउँपालिकाका नवौं गाउँसभा सहमतिमा सम्पन्न हुन नसकेपछि बागमती  प्रेदश सभाबाट प्रतिपादित जिल्ला/ नगर/ गाउँसभा संचालन (कार्यविधि ऐन) अनुसार गाउँपालिकाको बजेट कार्यान्वयन गर्ने पत्रकार भेटघाटमा जानकारी दिनुभएको छ ।

वडा नं. ८ को वडाध्यक्ष लक्ष्मी बहादुर घिसिङ, वडा नं. ९ को चन्द्र बहादुर तामाङ,  वडा नं. १ को मान बहादुर श्रेष्ठ, वडा नं. २ को वडाध्यक्ष तेमाल सिं तामाङ लगाएतका सदस्यहरुले छलफलमा सहभागी भएतापनि पालिकाले प्रस्तावित बजेटमा विमति जनाएको थियो । विमति जनाउदै सभामा सहभागी नभएको हुनाले बागमती प्रदेशको स्थानीय नियम अनुसार बजेट पारित गरिएको अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »