सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यबसायी संघ खुसिँबु,बालाजु ईकाईको दहि चिउरा खुवाउने कार्यक्रम सम्पन्न

काठमाडौं। ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं ,पश्चिम क्षेत्र अन्तरगत रहेको खुसिबुँ ,ढल्को ,बालाजु ,चमति इकाईले राष्ट्रीय धान दिवस तथा असार १५ को उपलक्ष्यमा बर्षेनि गर्दै आईरहेको दहि चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

इकाईका अध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र ) को संयोजकत्वमा भएको कार्यक्रम मा ग्रील तथा स्टील ब्यबसायी महासंघ का प्रथम उपाध्यक्ष को प्रमुख आतिथ्य रहेको थियो  ।

पश्चिम क्षेत्र अन्तरगतका पाँचैवटा इकाईलाई निमन्त्रणा गरीएको सो कार्यक्रममा  बिषेश अतिथि क्षेत्रीय अध्यक्ष शैलेस ठकुरी ,तथा जिल्ला सदस्य  राम प्रमोद ठाकुर को उपस्थिति रहेको थियो ।

गोंगबु ,सामाखुसी  इकाईका अध्यक्ष शिवलाल श्रेष्ठ ,सानोभर्याङ्ग,ठुलो भर्याङ्ग इकाईका अध्यक्ष उत्तम श्रेष्ठ   उपाध्यक्ष रामकुमार गीरी सहकोषाध्यक्ष लक्ष्मण श्रेष्ठ ,खुसिबुँ इकाईका सल्लाहकार  बालमुकुन्द नकर्मी ,भरत गहतराज , तथा खुसिबुँ इकाईका उपाध्यक्ष्य  बाबुराम महर्जन ,सचिव राजकुमार खड्का ,कोषाध्यक्ष रामहरी सेन्चुरी लगायत को उपस्थितिमा दहि चिउरा खुवाउउने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित अधिकांश सहभागी हरुले एघार हजारको हाराहारीमा रहेका ब्यबसायी तथा एकलाख पचास हजार को हाराहारीमा रहेका ग्रील मजदुर हरुको हित हुने खालको परीयोजना बानाएर लागु गर्न महासंघ ले नसकेको गुनासो गरेका छन्।

संस्थाका सदस्यहरु ब्यक्तिगतरुपमा संपन्न भएपनि संस्थागत रुपमा केहि गर्न नसक्नु भनेको नेतृत्वकै कमजोरी हुन सक्ने सहभागीहरुको दावी छ ।

अरबौं राजस्व  तिर्ने ग्रील ब्यबसायलाई सरकारले समेत उपेक्षा गरेको र महासंघ ले पनि सहि योजना तर्जुमा गरी कार्यन्वयन गराउन नसकेको कारण ग्रील ब्यबसायी सरकार तथा उपभोक्ताको दोहोरो मारमा परेको सहभागीहरुले मनतब्यको क्रममा धारणा राखेका छन्।

ग्रील ब्यबसायीहरुले संयुक्त रुपमा लागानि गरेर बृहद कम्पनि खडा गरी हार्डवेयर को काम तथा संयुक्त उत्पादनको कार्य अगाडीबढाउन सके समस्यालाई केहि हद सम्म हल गर्न सकिने ब्यबसायी हरुको  दावी छ ।

हार्डवेयर हरुको बेईमानि र उपभोक्ताको नियतले हर समय ब्यबसायीलाई चुनौति दिईरहेको ले ब्यबसायी हरुलाई एक हुन नदिन ठुलो चलखेल भई रहेको उनिहरुको भनाई छ ।

बिभिन्न ग्रील संघ र महासंघ बाटनै स्प्रष्ट निति नआए पछि यस्तो अवस्था आएको उनि हरुको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »