नेपालगंज, बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ को वडा भेला सम्पन्न भएको छ । वडा कार्यालयमा आयोजित भेलामा आर्थिक वर्ष २०७८÷०७९ का लागि वडा स्तरिय योजना तर्जुमा गर्दै सम्पन्न भएको हो ।

वडाध्यक्ष मोहम्मद सफिक बेहनाले गतवर्ष वडामा बिनियोजित बजेटहरुको बारेमा जानकारी गराउँदै आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । उहाँले टोलहरुबाट आएका योजना छनोट गरिने बताए । कोरोना महामारीका कारण वडा कार्यालयमा असहज परिस्थितका कारण सबै वडावासीहरुलाई बोलाउन नपाएकोमा वडाध्यक्ष बेहनाले क्षमा माग्दै समयको अवस्था बुझि दिन हुन वडावासीहरुमा अनुरोध गर्नु भयो ।

भेलामा स्थानीयहरुले वडाले गरेको कामको प्रशंसा गर्दै आउने आर्थिक वर्षमा विकास हुन नसकेको टोलमा विकासका लागि बजेट बिनियोजित गरीदिन आग्रह गरेका थिए । कार्यपालिका सदस्य इन्द्रीरा शाही, वडा सदस्यहरु मेनका बैद्य, जयपत्रा कोरीलगायतको उपस्थित रहेको थियो । वडा सदस्य मेनका बैद्यको स्वागत मन्तब्य र संचालन सर्मिला थापाले गर्नु भएको थियो ।

चिकित्सक र नर्सलाई विशेष सम्मान

कोरोना महामारी रोकथाममा उत्कृष्ट योगदान गर्ने चिकित्सक र नर्सलाई विशेष सम्मान गरिएको छ । नेपालगंज उपमहानगरपालिका वडा नं. ४ ले आयोजना गरेको वडा भेलामा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।

वडाले संचालन गरेको आईसोलेनसमा विरामीहरुको उपचारमा खटेको भन्दै स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनु भयो ।


डा.दिपक गुप्ता, स्वास्थ्यकर्मीहरु गुलाम हैदर अली, सुरेन्द्र चलाउने, नर्सहरु छितेन गुरङ्ग, पुष्पा गुरुङ्ग, गुन्जन कनौजिया, निशा मल्ल, प्रियंका अधिकारी, यस्तर थापा, सुहाना निरौलालाई सम्मान गरिएको थियो ।


यस्तै आईसोलेसन संचालनका लागि सहयोग गरेको भन्दै नेपाल हज समितिका सदस्य एंव नेपालगज मुस्लिम समाज नेपालगन्ज बाँकेका सचिव तथा प्रवक्ता मेराज अहमद हिमालय सहित १४ जनालाई सम्मान गरिएको थियो ।

यसैगरी वडाले संचालन गरेको आईसोलेसनलाई व्यवस्थापन गरेको भन्दै बसन्त मल्ल, रबी बर्मा, डिल्ली बहादुर खडका, सोनु कादरी र अब्दुल कादिर हलवाई (चाँद बाबु) लाई कदर पत्रबाट सम्मान गरिएको थियो ।
कोरोना नियन्त्रणमा महात्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै आईसोलेसन व्यवस्थापन समितिले वडा अध्यक्ष मोहम्मद सफिक बेहना, वडा सदस्यहरु इन्द्री शाही, मेनका बैद्य र जयपत्रा कोरीलाई भेलामा सम्मान गरिएको थियो

।
यसैगरी कार्यसम्पादन मूल्याङ्कनका आधारमा ३ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीेको रुपमा सम्मान गरिएको थियो ।
नयाब सुब्बा राज कुमार कार्की, उसमान अन्सारी, राम बहादुरलाई सम्मान गरिएको थियो । यस्तै वडा कै हेल्प डेक्समा काम गर्दै आएकि सर्मिला थापालाई समेत कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको वडा सचिव गौरी शाहीले जानकारी दिनु भयो । भेलामा आफनो मन्तव्य राख्दै नेपाल हज समितिका सदस्य हलवाईले अध्यक्ष बेहनाले गरेको विकास देश कै नमुना रहेको बताउदै कोरोना नियन्त्रणमा समेत उहाँले गरेको कामको जति प्रशंसा गरे पनि कम हुने बताउनु भयो । हल्वाईले सोही कार्यक्रम मार्फत बक्रा ईदको बिदा दिन नेपाल सरकार संग अपिल गर्नु भयो ।

यस्तै वडा भेलालाई सम्बोधन गर्दै वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले वडामा अनुमानि ९० प्रतिशत विकास भई सकेको बताउदै बाँकी रहेको कामलाई पुरा गर्न भरपूर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कोरोनाको तेस्रो लहर पनि आउने भन्ने हल्ला चलिरहेकोले वडाका नागरिको स्वास्थ्य उपचारका लागि शहरी स्वास्थ्य केन्द्रलाई आईसोलेसनको रुपमा यथावत राख्ने अध्यक्ष बेहनाले जानकारी गराउनु भएको थियो । भेलामा ६ जना महिला स्वयसेवीकाहरुलाई साईकल वितरण गरिएको थियो । भेलामा राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देबकोटा, माओबादीका तारा खत्री लगायतले मन्तव्य व्यक्ति गर्नु भएको थियो ।








