सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता समाजवादी पार्टी बाँके क्षेत्र न.२ को क्षेत्रीय अध्यक्षमा यादव चयन

नेपालगञ्ज, बिगत २ दशकदेखि बाँके जिल्लामा रहेर सामाजिक कार्यमा सक्रिय युवा तथा पत्रकारिताको माध्यमबाट भ्रष्टाचारको बिरुद्ध आवाज उठाउदै आउनु भएका डुडुवा गाउँपालिका वडा नं.५ निबासी युवा सूर्यलाल यादव जनता समाजवादी पार्टी बांके क्षेत्र न.२ को क्षेत्रीय अध्यक्ष पदमा बुधबार चयन हुनुभएको छ ।

May be an image of 6 people, including Dharamraj Verma, Kaushal Dhobi, Suryalal Yadav, Sarwan Yadav and Rajan Ranamagar and people standing

जनता समाजवादी पार्टी नेपाल बाँकेका जिल्ला अध्यक्ष कमरुद्दीन राईले दोसल्ला ओढाई हार्दिक बधाई दिनुको साथै आगामी कार्यकालको शुभकामना समेत ब्यक्त गर्नुभयो ।

No description available.

सो कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अजय कुमार श्रीवास्तव, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, संघीय परिषद सदस्य बिजय पाठक, बाँके जिल्ला अध्यक्ष कमरुद्दीन राइर्, उपाध्यक्ष राजन राना मगर, नेपालगन्ज नगर अध्यक्ष श्रवण कुमार यादवको उपस्थितिमा जिम्मेवारी दिइएको जनता समाजवादी पार्टी नेपाल बाँकेका जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »