सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक


नेपालगन्ज, टिभीएस मोटर कम्पनी, विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माताले आज मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ, जुन आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो । नेपालगन्ज कारकाँदो स्थित कम्पनीको अधिकृत विक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ कम्पनीको शो रुममा पनि नेपालमै पहिलो ब्लुटुथ कनेक्टेड स्कूटरको बिक्रीको वरिष्ठ पत्रकार पूर्ण लाल चुके र कम्पनीका सञ्चालक रण बहादु शाहीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।


उक्त अवसरमा प्रमुख अतिथि चुकेले नेपालगन्जका युवा व्यवसायीहरुको समूहले गत वर्षको कार्तिक महिनामा सञ्चालन गरेको व्यवसायिक प्रतिष्ठानले बजारमा नयाँ मोडेल र सुविधायुक्त अत्याधुनिक स्कुटरको बजारीकरणमा सफलताको कामना गर्नु भयो ।
कम्पनीका अध्यक्ष विशाल श्रेष्ठले सवगत गरेको उक्त कार्यक्रममा कम्पनीका प्रवन्धक विजय चापागाईले सुपरस्क्वाड संस्करणको विशेषताका बारेमा प्रकाश पार्दै उक्त स्कुटरमा आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लूमा उपलब्ध छन् भन्दै यो संस्करणले उत्पादनको डिजाइन मार्फत् प्रत्येक मार्भल सुपर हिरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउने जानकारी दिनु भयो ।

No description available.


नेपालको प्रमुख बिक्रेता टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसले देशभर एकै पटक आज शुभारम्भ गरेको हो । काठमाडौंमा भएको कार्यक्रममा बोल्दै टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले भने– “टिभीएस एनटर्क १२५ले नेपालमा सार्वजनिक भएदेखि नैआफ्नोबेजोड स्टाइल, उत्कृष्ट रेसिंगप्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीलरहामी मार्भल यूनिर्भस्प्रति एक मजबुत आकर्षण भएका हाम्रा नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्दछौं।टिभीएस एनटर्क १२५ को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्नेछ । हामी विश्वस्त छौं कि सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुने बताउनु भयो ।


जेएमपीएलका प्रवन्ध निर्देशक शाहिले अग्रवालले नयाँ उत्पादनको सार्वजनिक गर्दै भने– “हामी जेएमपीएलमा नेपालमा रहेका हाम्रा बहुमूल्य ग्राहकहरूका लागि सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध छौं । टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाईएको स्कूटर हो ।नयाँ टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रियटिभीएस एनटर्क १२५को लागि “वाहुफ्याक्टर” सिर्जना गर्ने उद्देश्य राखेको छ ।

हामी विश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरुलाई खुशी पार्ने बताउँदै सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको “ए” स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड र स्पीडोमिटर मुनि राखिएको बताए ।


उक्त स्कुटर ब्ल्याक प्यान्थरबाट प्रेरित विविध रङको साथ जेट ब्ल्याक रंगमा डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू रहेका छन् । सरगर्मीहरूका लागि थुप्रै सरप्राइजहरु ल्याउँदै यसले बकान्डाको सदाबहार सिग्नेचरसलूट र उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि समावेश गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »