सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्णालीमा थप १२० जना कोरोना संक्रमित डिस्चार्ज

कर्णाली प्रदेशमा आइतबार १२० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको तथ्याङ्कमा कमी आएको देखिन्छ । प्रदेशमा अब सक्रिय संक्रमितको संख्या ८५६ झरेको हो । तीन दिन पहिले सम्म १ हजार सक्रिय संक्रमित थिए । दुई दिनमै झण्डै २ सयको हारहारीमा कोभिड जित्नेहरूको संख्या रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

आइतबार प्रदेशभर थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपि, थपिने क्रम र डिस्चार्ज हुने दर दैनिक तलमाथि भइरहेको छ । आइतबार ३६ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको परीक्षणमा ११ जना र ११० जनामा गरिएको एन्टिजेन विधिबाटको परीक्षणबाट २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २८ हजार ९७६ पुगेको छ ।

आइतबार सबैभन्दा धेरै जुम्लामा १० जनामा कोरोना पुष्टि भएको छ भने मुगु र सल्यानमा ८÷८, कालिकोटमा ७, रुकुम पश्चिममा ६, सुर्खेतमा ५, जाजरकोटमा ४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै डोल्पामा १, हुम्लामा २ जनामा कोरोना देखिएको छ भने दैलेखमा कोरोना संक्रमण शून्यमा झरेको छ ।

आइतबार सुर्खेतमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्याा ३४० पुगेको छ । एक हप्तामा कर्णालीमा १ दिन बाहेक अरु दिनमा दैनिक १ जनाले कोरोनाबाट ज्यान गुमाएको छ । असार २० गतै मृत्युदर शून्य छ भने त्यसपछि २३ गते बुधबार ३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अन्य दिनमा दैनिक एक जनाले मात्र ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »